बाटोघाटो तथा भौतिक संरचना पछि बनाउ तर अहिले देशबासीको ज्यान बचाउ, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई अधिकतम जे सक्छौ त्यो देउ
विष्णुप्रसाद पोखरेल
दमक/ कोरोना भाइसको संक्रमणका कारण अहिले देश लकडाउनको अवस्थामा रहेको छ । मूलकमा एक प्रकारको स्वास्थ्य संकट आइलागेको छ । समयमा नै लकडाउन गरेर कोरोना भाइरसको संक्रमण रोक्न राज्यले चालेको कमद प्रशंशनीय र उदाहरणीय रहेको छ । जव सम्म संकट कायम रहन्छ तवसम्म यो लकडाउन जारी रहनुपर्छ ।
अहिले सामाजिक संघसंस्था तथा ब्याक्तिहरुले सरकारलाई यो सकटबाट बचाउनका लागि सरकारले बनाएको राहतकोषमा आर्थिक सहयोग गरिरहेकाछन् । स्थानीय सरकारलई चामल लगायतका अत्यआवश्यकीय दैनिक उपभोग्य सामाग्रि प्रदान गरिरहेकाछन् । गरिव तथा अति विपन्नमा यो पुगोस भनेर ।
स्थानीय सरकारले होस या केन्द्र सरकारले किन नहोस । प्रदेश सरकारले पनि विकास बजेटबाट कम्तिमा पनि २५ प्रतिशत कटौती गरेर भएपनि अहिलेको अवस्थामा अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउनुपर्छ । कोरोना भाईरससंग युद्ध मैदानम खटिएका स्वास्थ्यकर्मीहरुलाई आवश्यक सबै उपकरण तथा सुरक्षा कवच प्रदान गर्नुपर्छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलव काट्नु हुन्न । विदा दिईएका कर्मचारीहरुको बिषयमा जे गर ।
यो अवस्थामा प्रहरी विना सुरक्षा कवच सडकमाछन् । स्वास्थ्यकर्मीहरु क्वारेन्टाइन र अस्पतालमाछन् । जनप्रतिनिधिहरु फिल्डमा रहेकाछन् । उनिहरुप्रति उच्च सम्मान गर्नु पर्छ । आखिर यो दुइ महिना अब केहि काम अघि बढ्दैन भने यो २ महिनामा हुने खर्च सबै कोरोना रोकथाममा लगाउ । यसले भोली आउने अन्य स्वास्थ्य संकटबाट पनि बच्न पुग्छ ।
साँसदहरुलाई दिईने बजेट अहिले प्रत्येक निर्वाचन क्षेत्रमा कोरोना भाइरस रोकथाम तथा नियण्त्रणका लागि प्रयोग गर । जनता नै बाँचेनन् भने कस्का लागि राजनीति गर्ने हो ? यसर्थ प्रत्येक निर्वाचन क्षेत्र वा नगरपालिका वा स्थानीय तहमा कोरोना जाँचको ब्यवस्था मिलाउ ।
सरकारले नाफाको केहि प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्नका लागि बैक तथा बित्तिय सस्था तथा कम्पनीहरुलाई अनिवार्य गरेको छ । त्यो रकम अहिले अग्रिम रुपमा लिएर त्यसलाइ उपयोग गर । तर जनताको जीवन रक्षा गर । यो अवस्थामा राजनीतिक आस्था र लोकप्रीयताको माध्यमको खोजी नगर ।

