झापामा कोरोना भाइरसको बिषयमा जानकारी दिन एकीकृत सूचना केन्द्र
हामी जिल्लाबासीको स्वास्थ्यप्रति चिन्तित छौ र जाँज तथा उपचारको ब्यवस्था मिलाईरहेकाछौ, उनले भने
दमक/ झापामा जिल्ला समन्वय समितिले कोरोना भाइरस सम्बन्धि भ्रमपूर्ण सूचना सम्प्रेषण नहोस भनेर एकीकृत सूचना प्रणालीको बिकास गरेको छ ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार सबै स्थानीय तहको कोरोना भाइरस संक्रमण रोकथामका लागि भएका प्रयास सबै जिससको फेसबुक पेज वा बेभसाइटबाट हेर्न सकिने छ ।
कति विपन्नले राहत पाए र स्थानीय तहहरुमा कति राहत संकलन भयो भन्ने पनि जानकारी हरेक नागरिकले पाउने पनि उनले जनाएकाछन् ।
पोर्तेलले जिल्लाका नागरिकको स्वास्थ्य सुरक्षाका लागि हदैसम्मका प्रयासहरु भइरहेको जनाउदै अत्यआवश्यक बाहेक घरबाट ननिस्कन र लकडाउनको पालना गर्न अनुरोध गरेकाछन् ।
हामी जिल्लाबासीको स्वास्थ्यप्रति चिन्तित छौ र जाँज तथा उपचारको ब्यवस्था मिलाईरहेकाछौ, उनले भने ।
मेची अञ्चल अस्पताललाइ सुविधा सम्पन्न बनाएर उपचारको लागि तयारी बनाईदै लगेको पनि पोर्तेलले बताए ।
