दमकमा लक डाउन पालना नगरी सडकमा निस्कनेलाई प्रहरीले थाल्यो यस्तो कार्वाही, साँझमा भिडभाड बढ्दा चिन्ता
झापाको दमकमा पनि प्रहरीले लकडाउन पालना गराउनलाई कडाई शुरु गरेको छ ।
साँझको समयमा लकडाउन पालना नगर्ने क्रम बढेपछि दमकको मुख्य गणतन्त्र चोकमा नियण्त्रणमा लिएर सामाजिक दुरी कायम हुने गरी उभ्याउन थालेको छ ।
अत्यआवश्यक काम बाहेककाहरुलाई यसरी कार्वाही गर्न शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजयराज पण्डितले बताए।
बारम्बार काम बेगर बाहिर ननिस्कनका लागि हामीले अनुरोध गर्दै आएका छौ, पंण्डितले भने ।
उनका अनुसार अपरान्ह ४ बजेपछि सडकमा बिना काममा हिडेकाहरुलाई एक घण्टाभन्दा बढि सडकमा नै नियण्त्रणमा राखिएको हो ।
अहिले हिरासत लगायत हुलमुलमा कसैलाइ पनि नराख्न निर्देशन भए अनुसार प्रहरीले साकेतिक कार्वाही मात्र गर्दै आएको छ ।
इलाका प्रहरी कार्यालयले अब सवारी साधन सञ्चालनमा समेत कडाई गर्ने जनाएको छ ।
अब पक्राउ गरेर हामी लकडाउनपछि मात्र सवारी साधन लैजान दिन्छौ, उनले भने ।
अत्यआवश्यक कामका लागि भने आफुहरुले हिडडुल तथा सवारी साधन पनि चलाउन दिएको पंण्डितले जनाए ।
शब्जि बजार खुला हुँदा जोखिम
यसैबीच दमकको गणतन्त्र चोक दक्षिणमा रहेको शब्जि बजार भने बन्द भएको छैन ।
साँझ यहाँ भिड हुने गरेको छ । यसले जोखिम बढाएको बताईन्छ ।
सरकारले भिडभाड नगर्न आग्रह गरेको छ । स्थानीय प्रशासनले पनि आदेश जारी गरेको छ ।
स्थानीय सरकार नगरपालिकाले पनि बारम्बार अनुरोध गरेको छ ।
तर शब्जि बजार खुला छ । भिडभाड कायम रहेको छ । धेरैको गुनासो यहि छ ।
