रगत अभाव हुन नदिन पहल, दमकका संघसंस्थाहरु रक्तदान अभियानमा
दमक/ लायन्स क्लव स्वीट सिटि, हिमालयन टाइगर क्लव, चेरी क्लव र पहिलो पाइला नेपाल लगायतका संघसंसथाहरुले रेडक्रस दमकको ब्लड बैकमा पुगेर रक्तदान कार्यक्रमको आयोजना गरेकाछन् । पछिल्लो समय लकडाउनका कारण रगत संकलन कम भएको र देशमा रगत अभाव भएको समचारहरु आएपछि स्वतस्फूर्त रक्तदान हुँदै आएको छ ।
रक्तसञ्चार दमकका प्रमुख सिद्धार्थ दाहालका अनुसार कोरोना भाइरस संक्रमण रोक्नका लागि सरकार तथा स्वास्थ्यकर्मीले दिएको निर्देशन तथा सावधानी उपाय अपनाएर रगत संकलन गरिदै आएको छ, । दमकमा अभाव नभएपनि बाहिरी जिल्लामा अभाव रहेको र यहाँबाट विरामीका आफन्त आएर रगत लिएर जाने गरेको दाहालले बताएकाछन् ।
लकडाउन शुरु भएपछि कार्यालयमा नै आएर रक्तदान गर्नेको सख्या १ सयको हाराहारीमा पुगिसकेको छ । यो क्रम जारी रहेको पनि बताईएको छ । रगत अभाव भएको थाहा पाएपछि आफुहरुले दूइदिनसम्म रक्तदाता खोजेर रक्तदान गराएको लायन्स क्लव अफ स्वीटसिटीका अध्यक्ष खेम सापकोटाले बताए ।


