स्थानीय सरकार- तालिम, गोष्ठि, सार्वजनिक सूनुवाई लगायतको बजेट कोरोना भाइरस संक्रमण रोकथाम र गरिवको पेट भर्न उपयोग गर
खाद्यन्न नपाएर मानिस भोकै केहि दिन रहन सक्छ । उ पानी खाएर बाँच्न सक्छ । सापटी र अइचोपैचो मागेर खान सक्छ । यसर्थ दमकमा सबैभन्दा पहिला सरकारी दमक अस्पताल र च्यारिटी अस्पतालको रुपमा रहेको आम्दा अस्पताललाई सुविधा सम्पन्न बनाउनु पर्छ । दुबै अस्पतालमा आईसियु, एनआइसियू र भेन्टिलेटरको राम्रो ब्यवस्था हुने हो भने यस क्षेत्रका बासिन्दाले राम्रो उपचार पाउने थिए । दमकमात्र नभएर आसपासका नगरपालिका र गाँउपालिकाले पनि यसका लागि अहिले सकेको सहयोग गर्नु जरुरी छ ।
विष्णुप्रसाद पोखरेल
दमक/ कोरोना संक्रमणको त्रासले मूलक अहिले लकडाउनमा छ । शहर देखि गाँघरसम्म सुनसान छ । त्रासमय जीवनमा छन् आम नागरिक । स्थानीय जनप्रतिनिधि पनि अहोरात्र खटिएको अवस्था छ । रात विहान नभनि स्थानीय जनप्रतिनिधिको अहोरात्रको खटाई सम्मान योग्य छ ।
जनप्रतितिधिसंगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपनि कोरोनासंग युद्ध मैदानमाछन् । यो समय पहिलो र अन्तिम प्राथमिकता कोरोना विरुद्धको युद्ध तयारी नै हो । कोरानासंथ जुध्न स्थानीय तहले कोष पनि बनाएकाछन् । यो पर्याप्त छैन । अब तालिम, गोष्ठि, छलफल, क्षमता विकास लगायत शिर्षकमा छुट्टयाईएको बजेट पनि यो कोषमा हाल्नु जरुरी छ । यो आर्थिक बर्षमा अब समुहमा गर्ने यस्ता कार्यक्रम पक्कै हुने छैन ।
यसले गर्दा स्थानीय कोष दर्बिलो हुन्छ । स्थानीय स्वास्थ्य केन्द्रलाइ मजबूत बनाउनु जरुरी छ । भोली लकडाउन लम्बिने वा रोगको संक्रमण फैलने सम्भावाना जिवितै रहेको छ । यो अवस्थामा कोहि पनि गरिव खान नपाएर मर्नु हुन्न । कोहि पनि नागरिक उपचार नपाएर मर्नु हुन्न ।
जहिले पनि हामी र हाम्रो सरकार कुनै पनि घटना भएपछि मात्र बढि तात्ने देखिन्छ । कोरोना संक्रमण रोक्नका लागि यस्तो नहोस । यो महामारी फैलिनु अघि नै गर्नु पर्ने सबै तयारी हरेक नगरपालिका, गाँउपालिकाले गर्दा स्थानीय सरकार गठन हुँदाको फाईदा आम नागरिकले बुझ्नेछन् ।
दमक एउटा झापाको प्रमुख ब्यापारिक केन्द्र तथा बढि जनसंख्या भएको नगर हो । यहाँका विरामीले यहि उपचार पाउने अवस्था सिर्जना गर्नुपर्छ । विरामीलाइ कहाँ लैजाने र कसरी लैजाने भन्ने चिन्ता अहिले रहेको छ । कोरोनामात्र नभएर कुनै पनि अन्य महामारी हुँदा पनि यहाँ पर्याप्तमात्रामा न आइसियूको ब्यवस्था छ न त भेन्टिलेटरहरु नै अस्पतालमा रहेकाछन् ।
खाद्यन्न नपाएर मानिस भोकै केहि दिन रहन सक्छ । उ पानी खाएर बाँच्न सक्छ । सापटी र अइचोपैचो मागेर खान सक्छ । यसर्थ अब पहिलो शर्त र ध्यान कुनै पनि महामारी फैलदा उपचारको सहज पहुँच र ग्यारेन्टि गर्नुपर्छ । स्थानीय स्तरमा स्थानीय सरकारले यो हेक्का राख्नुपर्छ र सरकारी अस्पताल सुदृढ गर्नुपर्छ ।
सरकारी दमक अस्पताल र च्यारिटी अस्पतालको रुपमा रहेको आम्दा अस्पताललाई सुविधा सम्पन्न बनाउनु पर्छ । दुबै अस्पतालमा आईसियु, एनआइसियू र भेन्टिलेटरको राम्रो ब्यवस्था हुने हो भने यस क्षेत्रका बासिन्दाले राम्रो उपचार पाउने थिए । दमकमात्र नभएर आसपासका नगरपालिका र गाँउपालिकाले पनि यहाँ अहिलेको अवस्थामा सहयोग गर्नु जरुरी छ ।
झापाको बिर्तामोड सुविधा सम्पन्न अस्पतालहरुको हव बनेको छ तर झापाको दमकका अस्पतालहरुमा सामान्य विरामी बाहेक खासै उपचार हुने अवस्था छैन भन्दा फरक नपर्ला । नीजि अस्पतालहरुमा अहिले पनि २४ घण्टा एउटा सामान्य भिडियो एक्स रे समेतको सुविधा छैन । भिडियो एक्स रे गराउन पनि समय कुर्नुपर्छ ।

