नेपाल सहित विश्व शान्तिको कामना गर्दै नयाँ बर्ष बैशाख १ मा शंख, घण्टा, डमरु बजाउदै दीप प्रज्वलन गर्न अनुरोध
पंण्डित एवं ज्योतिष-चक्रपाणि गौतम
आउनुहोस नववर्ष २०७७ मंगलमय बनाउन प्रण गरौं ।
बैशाख संक्रान्तिका दिन सूर्य अर्घ्य प्रदान गरौं ,
हामी एक महान जीवनपद्धति र संस्कारले युक्तभएका ऋषिमहर्षि र पितापुर्खाका सन्तान हौं ।आत्मकल्याण राष्ट्रकल्याण अनि विश्वकल्याण हाम्रो लक्ष्य हो ।हामी हाम्रा ऋषिमुनीले मानेको पितापुर्खाले धानेको परम्पराका सम्बाहक बनौं । यही बैशाख १ गतेदेखि बिक्रमीय नववर्ष प्रारम्भ हुदैछ । हामीले भागदौडमा भौतिक सुख प्राप्तिका लागि वा आफ्नु बुद्धि अनुसार हाम्रा कर्तव्यको व्याख्याा गर्यौ होला तर अव हामी शास्त्र सिद्धान्त र मूल्यमान्यताका आधारमा जीवन परिवर्तन गर्ने प्रयास गरौ । सनातन धर्म सभ्यतामा हामीले प्रात उठेदेखि सुतुन्जेलसम्म सबै कर्महरु शास्त्रसंम्मत गर्ने नियम छ । शास्त्रसम्मत गरिएका कर्महरुले हाम्रो जीवन सफल सवल र परिस्कृत बनाउछ यसै कारण हामी शास्त्राचाररुपी सभ्यताको आरम्भ गरौं ।
शास्त्र निर्दैशन गर्दछ
श्नानमब्दैवतैर्मन्त्रैमार्जनै प्राणसंयमः ।
सूर्यस्य चाप्युपस्थानं गायत्र्याः प्रत्यहं जपः ।। याज्ञवल्क्यस्मृति ।
सर्ब प्रथम शौचादीबाट निबृत्त भएर श्नान गरौं ,संभव भएसम्म ( पवित्री ) वा केही कुशका टुक्रा लिएर आफ्नो शरिरमा मार्जन गरौं ( कुशका टुक्रा पानीमा डुवाउदै त्यही जल आफ्ना शरिमा आपो हिष्ठा ..मन्त्रद्वारा छर्कने कार्यलाई मार्जन भनिन्छ ) । यसपछि आसन मै वसेर प्राणसंयम (प्राणायम ) गरौं गायत्रीमन्त्र जप गरेर सूर्यलाई अर्घ्य दिऔं अनि सूर्य उपस्थान अरुणोदयमा आधा घाम झुल्किनु भन्दा १ घण्टा १२ मिनट पहिला सूर्यलाई जलको अर्घ्य दिएर सूर्यको दर्शन (उपस्थान ) गर्नुपर्दछ । यो समयलाई नववर्ष स्वागतको पुण्यकाल भनिन्छ । ( सन्ध्या त्रिनाडी प्रतिमार्क बिम्ब …………. लगायतका शास्त्र प्रमाण बैशाख १ गते काठमाण्डौमा सूर्योदय ५ः ४३ बजे हुने छ । सूर्यको अर्धबिम्ब लगभग ५ः ५५।। साँझ सन्ध्या समयमा दीप प्रज्वलन गराैं ।
राष्ट्रिय धर्मसभा नेपालले यस्तो अपिल गरेको छ

