सरकारी दमक अस्पतालमा आज देखि कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट शुरु
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको सरकारी दमक अस्पतालमा आज देखि कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट शुरु गरिएको छ । र्यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडीटी) बाट टेस्ट शुरु गरिएको हो । विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका र क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण शुरु भएको हो ।
किटले पोजेटिभ देखाएमा आइसुलेसनमा राखेर उपचार शुरु हुनेछ र स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल वा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईने अस्पताल श्रोतले बताएको छ । नेपालमा कोराना भाइरस संक्रमण फेला परेको बिमान भएर नै विदेशबाट आएका दुइजनाको पनि आज किट मार्फत परीक्षण हुनेछ ।
दमक नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक बद्रि बरालमन अनुसनर होम क्वारेन्टाइन तथा पहिला क्वारेन्टाइनमा बसेर घर गएर होम क्वारेन्टाइनमा बस्दै आएकाहरुलाइ परीक्षण शुरु गरिएको छ । यसले स्थानीय स्तरमा कोरोना परीक्षणमा सहजता पैदा भएको र अब शंकाश्पद विरामीहरुलाइ पहिलो चरणको परीक्षण गर्न सहज आएको पनि प्रभावकारी न्यूजलाई बरालले जनाए ।
शुक्रबारदेखि झापामा किटमार्फत परीक्षण शुरु भएको हो । भद्रपुरको कलवलगुढीमा मात्र यो परीक्षण भएकोमा आइतवारदेखि दमक सहित झापाका अधिकाँश नगरपालिका तथा गाँउपालिकामा रहेका क्वारेन्टाइनमा यो परीक्षण शुरु भएको छ । सुरुगा नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आजबाट सुरुगामा पनि यो टेस्ट शुरु भएको जानकारी गराएकाछन् ।
