२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

झापा दमकका लायन्सकर्मीहरु संयुक्त रुपमा कोरोना भाइरस विरुद्ध सचेतना अभियानमा जुटेकाछन् ।

स्थानीय प्रशासनसंगको समन्वयमा सचेतना अभियान शुरु गरिएको लायन्स क्वव अफ स्टर्नलाइनका अध्यक्ष तुलसी तिम्सिनाले बताए ।

बजार तथा दमकका ग्रामिण क्षेत्रमा कोरोना भाइरसबाट बच्ने उपायको बिषयमा माईकिंग लगायतका अभियानहरु शुरु गरिएको हो ।

स्विट सिटीका अध्यक्ष खेम सापकोटाका अनुसार प्रचा पम्लेट बनाएर बाँड्ने देखि लिएर स्वयंसेवी रुपमा सामाजिक दुरी कायम राखेर सचेतना अभिबृद्धि गर्ने कार्यको शुरुवात गरिएको छ ।

यो कठिन घडिमा राहतसंगै सचेतना अभिबृद्धि शुरु गरिएको हो ।

लायन्स लिडर  बबरजंग थापाका अनुसार दमकमा लायन्सहरुले एकद्धार प्रणालीबाट काम शुरु गरेकाछन् ।

राहत संकलन तथा वितरणदेखि स्वास्थ्य चेतना लगायतका कार्यक्रमहरु बनाएर आफुहरु यो समयमा राज्यको सहयोगीको रुपमा काम गरिरहेको पनि उनको भनाई छ ।

यसभन्दा अघि लायन्स क्लवहरुले दमकमा अति विपन्नलाई अत्यआवश्यकीय खाद्यन्न वितरण, पीपीई बितरण लगायतका कार्यक्रमहरु गरेको थियो ।

लायन्स क्लव अफ स्टर्न लायनले ४ जना एम्बुलेन्स चालकलाइ पीपीइ उपलब्ध गराएको थियो ।