२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ झापा दमकका अतिआवश्यकी खाद्यन्न बिक्री गर्ने पसलहरु बिहान बेलुका अब बन्द हुने भएकछन् । दिउसोमात्र खुला गर्न पाइने भएको छ । साँझ र विहान अतिआवश्यकीय खाद्यन्न किनमेलकालागि भन्दै मानिसहरु धेरै निस्कने भएकाले लकडाउनका पालना भएको थिएन ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र पसलहरु खुला गराउने प्रशासनसंग सहमति भएको छ । खाद्यन्न लगायतका किराना पसल र शब्जि पसलहरु यो समयमा खुल्न पाउनेछन् । अन्य भने बन्द नै रहनेछ । श्रेष्ठले यो पालना गर्न सबैलाई आग्रह पनि गरेकछन् । यो हामी सबैको स्वास्थ्यको लागि हो र सबैले पालना गर्नु पर्छ, श्रेष्ठले भने ।

यसैगरी संघका प्रथम उपाध्यक्ष राज् खड्काले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै निर्णय पालना गर्न ब्यवसायीहरुलाई आग्रह गरेकछन्-

दमक नगरपालिका भित्र रहेका अस्पताल अाैषधि पसल सुरक्षा ब्यबस्थापन गरि सधै खुल्ला र साे बाहेक अन्य अतिअाबश्यकिय खाध्य बस्तुहरुकाे मात्र बिक्रीवितरण दिनकाे १० बजे देखि दिउँसो ४ बजे सम्म खुल्ला रहने जानकारी अनुसार उक्त सामन बिक्रीवितरण गर्नु हुने अादरणिय ब्यबसायी ज्युहरुले अाफ्नाे सुरक्षामा अत्यन्तै हाेशियारी अपनाइ गाह्रक संगकाे दुरी कायम राखि ताेकिएकाे समय भित्र मात्रै अाफ्नाे ब्यबसाय संचालन गर्नु हुनेछ साथै उपभोक्ताले पनि ताेकिएकाे समयमा ताेकिएकाे सुरक्षा ब्यबस्था मिलाइ अाफ्नाे अाबश्यकता भिडभाड नगरि खरिद गर्नु हुन अनुरोध छ ।साथै नेपाल सरकार स्थानीय निकायले ताेकिएकाे ब्यबस्था बमोजिम परिपालना गराै काेहि कसैले उल्लङघन गरे स्वयम् कार्यबाहिकाे भागिदार नबनाै सचेत रहअाै । अनावश्यक घर बाहिर नजाउ राेग बाट बाचाै बचाउ ।धन्यवाद ।