२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले घोषणा गरेको लकडाउन र स्थानीय प्रशासन गरेको आदेश कार्यन्वयनका लागि सरोकारवालाहरु जुरमुराएकाछन् । दमक नगरपालिकामा विहान भएको छलफलपछि अतिआवश्यकीय काम बाहेक हिडडुल तथा सवारी कुदाउने कार्य रोकिने निर्णय भएको हो ।

नगर प्रमुख रोमनाथ ओली, इलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्णप्रसाद आचार्य, इलाका प्रहरी कर्यालय दमकका प्रमुख बिजयराज पंण्डित, प्रदेश उद्योग बाणिज्य संघका सदस्य पशुपति बराल, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

नगर प्रमुख ओलीले लकडाउन पुर्ण कार्यन्वयनका लागि सबैले आफ्नो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिदै सबैको सहयोगमा दमकमा अति आवश्यक हिडडुल बाहेकलाई निस्तेज गर्न आग्रह गरेका थिए । उनले दैनिक उपभोग्य सामाग्रि किनबेचमा पनि होशियारी सहित थप ब्यवस्थित गर्न आग्रह गरेको छलफलमा सहभागि पशुपति बरालले जनाए ।

सो छलफलमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले स्थानीय प्रशासन र नगरपालिकाले लकडाउनको कार्यन्वयनका लागि गर्ने निर्णयलाई पालना गर्न ब्यवसायीलाई आग्रह गरिने जनाउदै यसमा समर्थन जनाएका थिए । कोरोना भाइरस संक्रमणदर बढ्न थालेसंगै यहाँ पनि शर्तकता अपनाईएको हो ।

दमक नगर क्षेत्र भरी बिभिन्न बहाना बनाई अनाआवश्यक हिडडुल गर्ने कार्यलाई पुर्ण रोक लगाउने निर्णय गरीयो, २ नम्बर निर्णयमा उल्लेख रहेको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पंण्डितले यसलाई कर्यान्वयन गरिने बताउदै यसमा सहयोग गर्न आग्रह गरेकाछन् ।

भारतीय सवारी साधन खुलेआम आइरहेको बिषयमा पनि छलफल भएको तर खास केहि निर्णय नभएको बताईन्छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरसग समन्वय गरेर यस बिषयमा निर्णय लिईने पनि छलफल भएको छलफलमा सहभागि एक सदस्यले बताएकाहुन् ।