२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ हल्दिवारीमा आरडिटीको माध्यमबाट एकजनामा पोजेटिभ देखिएको बिषयमा गाँउपालिकाको धारणा सार्वजनिक भएको छ । सबै नतिजा नेगेटिभ र एउटा शंकाश्पद भनेर गाँउपालिकाका प्रवक्ता सागर पोर्तेलले बताएकाछन् । उनले सामाजिक सञ्जालमा नै एउटा शंकाश्पद देखिएको उल्लेख गरेकाछन् । स्पष्ट रुपमा पोजेटिभ नदेखिएको र नेगेटिभ पनि नभएको अवस्थामा यसलाई मधुरो पोजेटिभ अर्थात विक पोजेटिभ भन्न मिल्ने जनाईन्छ ।

कि त पोजेटिभ कि त नेगेटिभ किटले देखाउछ । यो बिषयमा जन स्वास्थ्य कार्यालयका अधिकृत तथा यस सम्बन्धि सूचना दिन बनाईएका फोकल पर्सन जीवन चौलागाईले भने आफुलाई जानकारी नभएको भन्दै जवाफ दिनबाट पन्छिए । मलाई ल्यावका साथीहरुले लेखेर नदिएसम्म भन्न सक्दिन र मलाई यस बिषयमा जानकारी छैन, उनले भने । राती ८ बजे फोन गर्दा पनि उनले अहिले पनि टेस्ट भइरहेको जवाफ दिएका थिए ।

तर गाँउपालिका प्रवक्ता सागर पोर्तेलले भने शंकाश्पद देखिएको भन्दै शर्तक रहन आग्रह गरेकाछन् । यो रिर्पोट नै कोरोना पोजेटिभ हो भन्न नमिल्ने भएकाले थप परिक्षणका लागि उनि सहित उनको परिवारको स्वाबको नमूना परीक्षणका लागि पठाईएको पनि उनको भनाई छ ।

विशेषज्ञहरुका अनुसार आरडिटी विधिमा गरिने परीक्षणमा भाइरसका जेनेटिक टुक्रा (जिनका टुक्रा)हरू छन् कि छैनन भन्ने परीक्षण गरिन्छ। यो विधिबाट परीक्षण गर्दा नमुनामा जेनेटिक टुक्राहरू छन् भने भाइरस पनि छ भन्ने कुरा प्रमाणित हुन्छ। यो परीक्षणबाट नमुना लिएको बखत सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ वा छैन भन्ने थाहा हुन्छ। भाइरस छ भने उनमा संक्रमण छ भन्ने बुझिन्छ। यसरी एक जना संक्रमित भइसकेपछि त्यो भाइरस व्यक्तिको शरीरमा कति समयसम्म रहने भन्ने फरक पर्न सक्छ। सम्बन्धित व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमताको आधारमा यो रहने गर्छ। रोगसँग लड्ने क्षमता अनुसार कोही व्यक्तिमा यो भाइरस छिट्टै पनि हराउन सक्छ भने कोहीमा चार/पाँच हप्तासम्म रहन सक्ने हुन्छ।

एक महिना जति समयपछि भाइरस र ‘आइजिएम’ नेगेटिभ हुन सक्छ। तर, ‘आइजिजी’ धेरै समयसम्म रहिरहन सक्छ। हामीले परीक्षण गर्दा सुरुआतमा पिसिआर मात्रै पोजेटिभ आउन सक्छ। एन्टीबडीको लागि गरिने परीक्षण नेगेटिभ हुन्छ। हप्ता/दस दिनपछि पिसिआर र एन्टीबडी दुवैको परीक्षण पोजेटिभ आउने हुनसक्छ। त्यस्तै, तीन हप्ता, चार हप्ता बितेपछि भाइरस शरीरबाट हराइसकेको समयमा पिसिआर नेगेटिभ आउने तर, एन्टीबडीको परीक्षण पोजेटिभ आउने हुनसक्छ।(डा. रुना झा, प्रमुख, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु )

विशेषज्ञहरुको भनाई अनुसार र्यापिड डाइग्नोष्टिक टेस्ट नै अन्तिम नतिजा होइन । यो शतप्रतिशत सत्य हुँदैन । अझ विक पोजेटिभ आएको अवस्थामा थप परीक्षण आवश्यक हुन्छ । प्याथोलोजिष्ट डा. गुरुप्रसाद मैनालीका अनुसार किटले नेगेटिभ वा पोजेटिभ देखाउने हो । कहिलेकाहि भने अन्योल सिर्जना गर्न सक्छ । तर नेगेटिभ नदेखिदा विक पोजेटिभ मानिन्छ ।

यस्तो छ हल्दिवारी गाँउपालिकाका प्रवक्ताको जानकारी-

जानकारी सम्बन्धमा ।
=============
हल्दीबारी गाउँपालिका अन्तर्गत क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा रहेकाहरु मध्ये आज ११ जनाको PCR परिक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ भने ४८ जनाको ~यापिड डाइग्नोष्टिक परिक्षण (RDT) गरिएको छ । संकलित स्वाबको नमुना, परिक्षणका लागि विराटनगर पठाइएको छ । साथै, ~यापिड डाइग्नोष्टटिक (RDT) परिक्षणमा १ जनाको नतिजा शंकास्पद देखिए पश्चात निजको परिवारका सबै सदस्यहरुको समेत RDT परिक्षण गरिएकोमा नतिजा negative देखिएको र निजहरुको स्वाबको नमुना समेत संकलन गरिएको छ । PCR परिक्षणको रिपोर्ट प्राप्त भए पछि मात्र संक्रमण भए/नभएको आधिकारिक पुष्टि हुने जानकारी गराइन्छ ।
#लकडाउनको पूर्ण रुपमा पालना गरौं,
घरमै बसि कोरोना विरुद्ध लडौं ।