२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ झापाको दमकमा आज लकडाउनमा पुर्ण कडाइ गरिदैछ । विहान बेलुका खाद्यन्न लगायतका पसलहरु खोल्न पनि नदिईने भएको छ । औषधि पसलहरु भने खुला हुनेछन् ।

विहान १० बजेदेखि ४ बजेसम्म खाद्यन्नका पसल खुल्न पाउनेछन् ।हिजोसम्म विहान बेलुका र केहि दिनभर खुल्दै आएका थिए ।

ब्यवसायीहरुले अहिलेसम्म ठुलो सहयोग पुर्याएको भन्दै यो निर्णय पनि पालना गर्न दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले आग्रह गरेकाछन् ।

उनले यो कठिन अवस्थामा पनि सेवा प्रदान गर्ने ब्यवसायीहरुप्रति आभार प्रकट गर्दै भौतिक दुरी कायम राखेर आफु सुरिक्षत भएर मात्र ब्यवसाय सञ्चालनका लागि पनि आग्रह गरेकाछन् ।

उनले कालोबजारीलाई निरुत्साहित गर्न पनि अनुरोध गरेकाछन् । बजारमा कालोबजाी हुन शुरु गरेको गुनासो आएको थियो ।

दमक नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतमा बसेको बैठकले लकडाउन कडा गर्ने निर्णय गरेको हो ।

इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय लगायत सरोकारवाला निकायहरुले निर्णय पालना गराउने प्रतिबद्धता जनाएका थिए ।

संघका अध्यक्ष श्रेष्ठले भनेकाछन्-

लकडाउन अवधी भर बिहान बेलुकी खुल्दै आयेको अति आवस्यक खाद्यान्न पसलहरु भोलि मिति २०७७ बैशाख ४ गते बाट बिहान् १० बजे अघि र बेलुकी ४:०० बजे पछि पुर्ण रुपमा बन्द गरि लकडाउन सफल पारी कोरोना भाइरस रुपि महामारी विरुद्ध लड्न सहयोग पुर्याउनु हुन दमक उद्योग बाणिज्य संघ हार्दिक अनुरोध गर्दछ… यो विषम परिस्थितिमा सेवा पुर्याउनु हुने तमाम व्यवसायी मित्रहरूलाई नमन गर्दै.. अपनाउन पर्ने सुरक्षाका उपायहरु अपनाइ.. सुरक्षित दुरि कायम गरि आफू सुरक्षीत रहि व्यवसाय गर्न हुन र विभिन्न रूपमा हुने कालोबजारी निरुत्साहित गर्न लागि पर्न हुन समेत अनुरोध गर्न चाहन्छौं ।