दमकमा आज ९ जनाको आरडिटी परीक्षण, १ जनाको स्वाब विराटनगर पठाईयो
दमक/ झापा दमकमा कोरोना भाइरस संक्रमण भए नभएको जाँचका लागि ९ जनाको आरडिटी परीक्षण गर्दा सबैको नेगेटिभ आएको बताईएको छ ।
नगरपालिकाले जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार एकजनाको स्वाब परीक्षणका लागि बिराटनगर पठाईएको छ । १५ जना क्वारेन्टाइनमो रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
