२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ दमकमा लकडाउन कडा गर्न र बिहान तथा बेलुका भिड नहोस भन्नका लागि विहान १० बजेदेखि ४ बजेसम्म दैनिक उपभोग्य सामाग्रि पाइने पसल खुला गर्ने निर्णयलाई अझ कडाई गर्नका लागि सामाजिक सञ्जालमा आवाज उठेको छ । यो लामो समय भएको भन्दै अझ कम समय दिनुपर्ने माग गरिएको छ ।

बेदु गौतम फेसबुकमा लेख्नुहुन्छ-

१० बजेबाट ४ बजे सम्म दमकमा खाद्य पसल खोल्न दिने निर्णय सान्दर्भिक छैन । लखर लखर सडकमा बरालिने महासयहरुहरुलाइ बहाना प्राप्त भएको छ । बिहान देखिनै सडकमा भिड बड्दै गएको छ । लकडाउनको अबधिलाइ लचिलो बनाउने बेला होइन यो । हामी अझै बाँच्न चाहान्छौ ।

कृष्ण अधिकारीले लेख्नु भएको छ-

म खाध्यन्न ब्यबसायी को अध्यक्ष भएता पनि यो यति लामो समयको खोलाई प्रति मेरो असहमति छ दिनको २ घन्टा नै काफि हुन्छ तर फेरि छोटोसमय हुदा झन भिड हुने हो कि भन्ने चिन्तापनि छ कसरिहुन्छ छलफलबाट निस्कर्ष निकाल्नुपर्छ है ।

प्रेम पाण्डे लेख्नुहुन्छ-

दैनिक उपभोग्य सामग्री भनेको के के लाई मान्यता दिइन्दै छ्त? किराना पनि होला जस्मा सुर्ती गुड्का चुरोट किन्ने को भिडले चोकको घेराउमा दैनिक २ घण्टाको कट्घराको सजाय भोगी भोगी उपभोग गरिरहेका छ्न।,बरु दैनिक १०-४ भन्दा पनि हप्तामा २ दिन मात्रै खुलाउदा उत्तम हुन्थ्यो ,बिथिती बडेको बडेइ छ।नुन तेल भनेको दैनिक सकिने चिज होइन ।