कोरानाको त्रासमा ब्यापारीको लुटधन्दा, दमकका पसलहरुमा आफुखुसि दाम
दमक/ झापाको दमकमा लकडाउनको मारको यो समयमा बढि मूल्यमा सामानहरु विक्री गर्ने गरेको बताईएको छ ।
दमकमा ब्यापारीहरुले बढि मूल्य लिने गरेको भन्दै सामाजिक सञ्जालहरुमा यसको आलोचना शुरु भएको छ ।
केहि दिन अघि अघि ८० रुपियामा पाएको चीनि अहिले ८५ रुपिया परेको सामाजिक सञ्जालमा गोविन्दराज कट्टेलले लेखेकाछन् ।
त्यहाँ कमेन्टमा तुलसी सुवेदीले दूईदिन अघि ७५ मा किनेको जनाएकाछन् ।
चक्रपाणि गौतमले २० रुपिया केजी पाइने नून २५ रुपिया केजी किनेको जनाएकाछन् । यो प्रतिनिधिमूलक घटनाहरुमात्र हुन् ।
अहिले ब्यापारीहरुले मनपरी मूल्य लिने गरेको बताइदै आएको छ ।
दमक उद्योग बाणिज्य संघले बारमबार ब्यवसायीहरुलाई कालोबजारी नगर्न अनुरोध गर्दै आएको छ ।
संघका अध्यक्ष गोकुल श्रेष्ठले यो बिषयम परिस्थितिमा बढि मूल्य नलिइ सामाजिक दुरी कायम गर्दै आम उपभोक्ता तथा ग्राहकलाई सेवा प्रदान गर्न अनुरोध गरिएको जनाउदै आएकाछन् ।
