दमकमा कोहिलाई अबर पर्न नदिइने र भोकै पनि नराखिने
दमक/ झापाको दमकमा कोहिलाई पनि अबर पर्न नदिइने र भोकै नराख्ने नगरप्रमुख रोमनाथ ओलीले बताएकाछन् ।
उनले कोहि अलपत्र भेटिएमा उनिहरुलाई क्वारेन्टाइनमा लगेर स्वास्थ्य जाँच गरेर सम्बन्धित ठाँउसम्म पुर्याउने वा खानबस्न ब्यवस्था मिलाउने बताएकाछन् ।
उनले यसमा सहयोग गर्न पनि अनुरोध गरेकाछन् । ठाँउठाँउमा मानिसहरु अलपत्र परेका समचार तथा खबर र तस्विरहरु सामािजक सञ्जालमा भाइरल भइरहेकाछन् । स्थानीय, प्रदेश र केन्द्र सरकारको यसले आलोचना भइरहेको छ ।
ओलीले यस्तो लेखेकाछन्-
लकडानलाइ समेत वेवासता गरेर विवसत पुर्वक अाफनाे घर जान हिडेका जाेसुकै दाजुभाइ दिदिविहनीहरुलाइ गन्तव्य सम्म पुर्याउनु सवैकाे कर्तव्यहाे।तर काेराना संक्रमणलाइ राेकथाम गर्न क्वनरेनटायनमा बसेर परिक्षण गराउनुु अनिवार्य छ।दैनिक ज्याला मजदुरि गरिखाने वर्गका मानिसलाइ चिनेर सहयाेग गर्नु जन प्रतिनिधिकाे मुख्य जम्मेवरिहाे।अरुले जे गरून् तर हाम्राे ठाउमा कसैलाइ अापदमा पर्न नदिउ।
