२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ सुनसरीको इटहरीमा लकडाउन अत्यन्त् कडा रुपमा पालना गराउन शुरु गरिएको छ । सडकमा साइकल समेत कुदाउन रोक लगाईएको जनाईएको छ ।

औषधि पसल बाहेक अन्य पसल तथा ब्यापार ब्यवसाय सबै बन्द गरिएको बताईन्छ ।

१ नम्बर प्रदेशमा एकैदिन १२ जनामा कोरोना पुष्टि भएपछि लकडाउनलाई कडा गर्न स्थानीय प्रशासनलाई चुनौती थपिएको छ ।

पत्रकार लिलाराज भट्टराईका अनुसार सुनसरीमा प्रशासनले बिहानैदेखि कडा गरेको छ, । उनले फेसबुकमा लेखेकाछन्-
सुनसरी प्रशासनले आज बैसाख ६ गते देखि ८ गते सम्म ३ दिन लकडाउन लाई अत्यन्तै कडा बनाउँदै कुनै पनि बस्तु ओसार पसार बिक्री बितरण गर्न निषेध गरेको छ। औषधी पसल वाहेकका सवै पसल वन्द गरिएको छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मी वाहेकका सवै सवारी साधन चल्न नपाउने भएका छन । घरवाट वाहिर निस्केर हिडडुल नगर्न इटहरी उपमहानगरले आग्रह गरेको छ ।