२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

यो दमकको बेथिति भयो । यो मनोमानी हो । ब्यवसायीहरुले यस्तो अवस्थामा जनतालाई ठग्नु गम्भिर अपराध हो । यसर्थ स्थानीय सरकार चाँडो यस्ता पसलहरु अनुगमन गरी बन्द गराउनु पर्यो । कार्वाही गर्नु पर्यो । जरिवाना गराएर त्यो रकम कोरोना रोकथाम कोषमा हाल्नु पर्यो 

मैले जे देखि त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ लकडाउनको यो समयमा सकेसम्म आम उपभोक्तालाई सहुलियत तथा सुविधापूर्ण रुपमा ब्यवसायीहरुले दैनिक उपभोग्य सामाग्रि उपलब्ध गराउनु पर्ने हो । तर दमकमा कतिपय ब्यवसायीहरुले यहि मौकाको फाइदा उठाएर एकदूइ दिनको फरकमा नै मूल्य बढाएर सामाग्रिहरु बेचिरहेको सार्वजनिक भएको छ । सामाजिक सञ्जालहरुमा यसको आलोचना भइरहेको छ । अनुगमनका लागि माग उठिरहेको छ ।

यस्तो बिषयम परिस्थितिमा आफुखुसि मूल्य बढाउने कार्य गर्ने ब्यवसायीलाई ठाँउठाँउमा जरिवाना गरिएको सुनिदै आएको छ तर दमकमा खोई ? दमकमा पनि स्थानीय सरकार, स्थानीय प्रशासनले यसमा चासो दिन आवश्यक छ । कमाउने मौका यहि हो भने ब्यापारीले यस्तो अवस्थामा सोच्नु गम्भिर अपराध हो ।

दमक उद्योग बाणिज्य संघले पनि बारम्बार कालोबजारी नगर्न आग्रह गर्दै आएको छ । तर पनि ब्यापारीहरुले भने आफुखुसि मूल्य लिदै आएकाछन् । दमकमा कहि रु ७५ मा एक केजी चिनि पाइन्छ भने त्यहि चिनि कतिपय पसलमा ८५ रुपिया पर्छ । २० रुपिया प्रतिकेजी पाईने नून अहिले २५ रुपिया लिन थालिएको छ ।

यो दमकको बेथिति भयो । यो मनोमानी हो । ब्यवसायीहरुले यस्तो अवस्थामा जनतालाई ठग्नु गम्भिर अपराध हो । यसर्थ स्थानीय सरकार चाँडो यस्ता पसलहरु अनुगमन गरी बन्द गराउनु पर्यो । कार्वाही गर्नु पर्यो । जरिवाना गराएर त्यो रकम कोरोना रोकथाम कोषमा हाल्नु पर्यो ।

एक त दमकमा बजार खुल्ने समय पनि धेरै राखिएको छ । ब्यवसायीहरुप्रति स्थानीय प्रशासन र सरकार निक्कै लचिलो देखिन्छ । यस्तो अवस्थामा नागरिक तथा नगरबासिलाई किनेर खान समस्या नहोस भनेर हुनसक्छ । यो ब्यापारीलाई यो अवस्थामा बढि मूल्य लिएर जति कमाउछौ कमाउ भनेर पक्कै होइन होला । यसमा स्थानीय सरकार, दमक उद्योग बाणिज्य संघ, उपभोक्ताबादी संघसस्था र स्थानीय प्रशासनको ध्यान जाओस ।

समय सापेक्ष प्रभावकारीन्यूजका लागि अभिषेक दासले बनाएको यथार्थ कार्टुन