झापामा कोभिड अस्पताल बनाउने तयारी
प्रदेश १ मा कोरोना भाइरसको संक्रमण भेटिएको अवस्थामा उपचार गर्नका लागि कोभिड अस्पताल निर्माणमा प्रदेश सरकारले चासो दिदै आएको छ ।
बिराटनगरमा अस्पताल शुचारु भइसकेको छ । यसै क्रममा झापामा पनि कोभिड अस्पताल बन्ने भएको छ । यसका लागि आवश्यक प्रक्रिया शुरु भएर स्थान छनौट गर्ने काम शुरु भएको जनाईएको छ ।
