२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा रहेको मस्जिदमा ११ भारतीय धर्मगुरु सहित १४ जनाको आरडीटी परीक्षण रिर्पोट नेगेटिभ आएको छ । आज उनिहरुको आरडीटी परीक्षण भएको थियो ।

१ नम्बर प्रदेशमा एकैसाथ १४ जनामा कोरोना पोजेटिभ देखिएपछि आरडीटी र स्वाब परीक्षणलाई तिब्र बनाईएको छ ।

उदयपुरको मस्जिदमा रहेका १२ जना भारतीय धर्मगुरुमा आरडीटी परीक्षण पोजेटिभ देखिएपछि प्राय सबै मस्जिदहरुमा निगरानी शुरु भएको छ ।

यसैक्रममा शनिवार दमकको मस्जिदमा रहेको ११ भारतीय सहित १४ जनाको परीक्षण भएको थियो ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीका अनुसार सबैको रिर्पोट नेगेटिभ आएको छ । परीक्षणमा डराउनु पर्ने अवस्था देखिएन र सबैको रिर्पोट नेगेटिभ रहेको छ, उनले भनिन् ।

उनिहरु केहि दिन यता मस्जिदमा नै सेल्फ क्वारेन्टाइनमा रहेका थिए । मस्जिदमा निगरानी बढाउन नगरबासीले आवाज उठाउदै आएका थिए ।

४ जनाको स्वाब परीक्षणमा पठाईएको छ, दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले भनिन् ।

उनिहरु दूइ महिना अघि नै नेपाल प्रवेस गरेको बताईन्छ । लक डाउनले आफुहरु भारत फर्कन नपाएको उनिहरुले बताएको पनि जनाईएको छ ।

मस्जिदमा उनिहरु अहिले पनि दमक नगरपालिकाको स्वास्थ्य शाखाको निगरानीमा नै रहेकाछन् ।

(असवधानीबस केहि समय अघि पोष्ट भएको समाचारमा शिर्षक गलत भएकाले सच्चाईएको छ । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौ )

 

 

दमकको मस्जिदमा ११ जना भारतिय सहित १४ जनाको कोरोणा जाच र स्वाब परिक्षण यसरी भयो ।

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Saturday, 18 April 2020