झापामा ७० मस्जिद र ४९ मदरसामा निगरानी
दमक/ उदयपुरको एक मस्जिदमा रहेका भारतीय मुस्लिम धर्म गुरुहरुमा कोरोना पोजेटिभ देखिएसंगै झापाका मस्जिद तथा मदरसाहरुमा भारतीय जमातीहरु रहे नरहेको भन्ने खोजी शुरु भएको छ ।
झापामा ७० मस्जिद र ४९ मदरसा रहेका छन् । सबैमा रहेका धार्मिक गुरु तथा यहाँ रहनेहरुको कोरोना जाँचको तयारी झापामा पनि भईरहेको बताईएको छ ।
धार्मिक सहिष्णुता कायम राख्न र यो गम्भिर अवस्थामा सबैको हातेमालोमा मात्र रोगसंग लड्न सकिने भन्दै सरकारले सबै संग सहयोग माग्दै आएको छ ।
दमक र बिर्तामोडमा मस्जिदमा रहेका धार्मिक गुरु तथा यहाँ रहेकाहरुको कोरोना परीक्षण भइसकेको छ ।
दमकमा १४ जनाको परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको छ । दमकमा उनिहरुले डेढ महिनाभन्दा अघिदेखि बस्दै आएको बताईन्छ।
