दमकमा सुरक्षाकर्मीलाई पक्राउ गर्न सहज बन्ने फलामको औजार र ह्याण्ड सेनिटाइजर प्रदान
दमक/ रोटरी क्लव अफ दमक र गृल ब्यवसायी बिमल नेपालले आज दमकमा सुरक्षाकर्मीहरुलाई कलडाउनमा उपयोगी सामाग्रिहरु हस्ताण्तरण गरेकाछन् ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीका लागि आवश्यक दुरी कायम गरेर पक्राउ गर्न मिल्ने फलामको औजार रोटरी क्लव अफ दमकले ६ थान र गृल ब्यवसायी बिमल नेपालले ६ थान प्रदान गरेकाहुन् ।
रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिप चापागाई दीपुका अनुसार ५० थान हेण्ड सेनिटाइजर रोटरी क्लवको तर्फबाट प्रदान गरिएको छ ।
पक्राउ गर्न सजिलो पार्न यस्तो उपाय । सुरक्षाकर्मीलाइ रोटरी क्लब दमक र बिमल नेपालको सयोग ।
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Saturday, 18 April 2020
सुरक्षाकर्मीहरु सडकमा सुरक्षामा हुनुपर्ने र हात धोइरहन समस्या हुन भएकाले गोजीमा बोक्न मिल्ने ह्याण्ड सेनिटाइजर दिईको हो, उनले भने ।
लक डाउन पालना नगर्ने तथा कुनै पनि अनुसन्धान र सोधपुछका लागि पक्राउ गर्न दुरी कायम हुनेगरी फलामको औजार प्रदान गरिएको पनि चापागाईको भनाई छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पंण्डित र ११ नम्बर गुल्म औधोगिक सुरक्षा बल लखनपुरका डिएसपी अशोक शाक्यलाई उक्त सामाग्रि हस्ताण्तरण गरिएको थियो ।

