दमकको द एभरेष्ट सहकारीले बिपन्नका लागि राहत दिन १ लाख सहयोग गर्दै मनायो ९ औ बार्षिकोत्सव
दमक/ झापामा मुख्य कार्यालय सहित ४ स्थानबाट सेवा प्रदान गर्दै आएको दमकको द एभरेष्ट सहकारी संस्थाले आफ्नो नवौ बार्षिकोत्सवको अवसरमा आफुले सेवा दिईरहेको स्थानीय तहलाई सहयोग गरेको छ ।
कोरोना रोकथाम तथा राहत कोषका लागि २५ हजारका दरले सहयोग दिएको हो ।
दमक, कमलगाँउपालिका, कन्काई र बिर्तामोडलाई २५ हजारका दरले सहयोग गरिएको सहकारीका अध्यक्ष दीपक खरेलले बताए ।
उनले बार्षिकोत्सवको अवसरमा यो उपलब्ध गराईएको बताउदै अति विपन्नलाई खाद्यन्न लगायतको सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता पनि जनाए ।
दमकको वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापालाई २५ हजार हस्ताण्तरण पनि गरिएको थियो । सहकारीका सचिब ज्ञानु पौड्यालका अनुसार कठिन अवस्थामा बार्षिकोत्सव यहि रकम दिएर यसैलाई बार्षिकोत्सव मानिएको जनाए ।
दमकको द एभरेस्ट सहकारी नबौ बर्षमा प्रवेस ।
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Monday, 20 April 2020
