२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ दमकमा लकडाउनको समयमा खुलेका पसलहरुले उपभोक्तालाई बढि मूल्य लिएको र मूल्य सूचि टाँस नगरेको पाईएपछि दमक उद्योग बाणिज्य संघले पनि चासो दिएको छ ।

संघले बजार अनुगमन गर्न र त्यस्ता ब्यापारीलाई कार्वाही गर्न माग गरेको हो ।

संघको सोमबार बसेको बैठकमा यस बिषयमा छलफल भएको थियो ।

संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नगरपालिकालाई अनुगमन गरेर त्यस्तो कार्य गर्नेलाई कार्वाही गरे फरक नपर्ने आफ्नो धारणा बनाएको छ ।

लकडाउन फितलो भएकोप्रति पनि चिन्ता प्रकट गर्दै यसलाई कडाइ गर्न पनि भनेको छ ।

वास्तवमा उपभोक्ता ठगिएको हामीले पनि सुनेका छौ र देखेका छौ, प्रथम उपाध्यक्ष राजु खड्काले भने । गलत गर्नेलाई हामी बचाउनपर्छ भन्दैनौ, उनको भनाई छ ।