बिराटनगरमा परीक्षण गरिएको थप ८ जनामा कोरोनाको आंशका
दमक/ उदयपुरको भुल्केमा थप ८ जनामा कोरोनाभाइरसको संक्रमण शंकाश्पद देखिएपछि पुन जाँच शुरु भएको छ । उदयपुरको एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका ब्याक्तिहरुमा कोरोना पोजेटिभ देखिएको बताईको छ । यसको औपचारिक पुष्टि भने भएको छैन ।
विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको श्रोतको भनाई छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान थप परीक्षणका लागि पठाईएको कोशी अञ्चल अस्पताल श्रोतले जनाएकोछ । संक्रमित भए नभएको अन्तिम टुंगो धरानबाट लाग्ने पनि जनाईएको छ ।
