२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

एक त आम्दानीको श्रोत केहि छैन त्यहि माथि बजार मूल्य अस्वभाविक रुपमा आकाशिदा सर्वसाधरणलाई जीवन गुजार्न नै समस्या रहेको छ । अति विपन्नले राहत पाएपनि मध्यमबर्गियको अवस्था कठिन मोडमा छ । बजारका साना ब्यवसायी भन्ने ठुला ब्यवसायीलाई भन्नुहोस् । ठुला ब्यवसायी भन्ने माथि मिलमा गएर भन्नुहोस ।  अनि उपभोक्ताले के गर्ने ?  जति मूल्य बजारमा छ त्यतिमा किन्ने ? आफ्नो क्षमताले भ्याएन भने भोकभोकै बस्ने भन्दा अरु बिकल्पन नहुने अवस्था देखिन थाल्यो

विष्णुप्रसाद पोखरेल

दमक/ दमक सहित झापा र प्रदेशमा नै अहिले हरेक दैनिक उपभोग्य सामाग्रिको मूल्य बढाईएको छ । यसले आम उपभोक्ताहरु मारमा परेकाछन् । एक त आम्दानीको श्रोत केहि छैन त्यहि माथि बजार मूल्य अस्वभाविक रुपमा आकाशिदा सर्वसाधरणलाई जीवन गुजार्न नै समस्या रहेको छ । अति विपन्नले राहत पाएपनि मध्यमबर्गियको अवस्था कठिन मोडमा छ ।

यस्तो अवस्थामा मूल्य बृद्धि अहिले ठुलो तनावको बिषय बनेको छ । बजार नियण्त्रण गर्ने जिम्मेवारी कानूनले स्थानीय सरकार र प्रशासनलाई दिएको छ । यसर्थ यसमा प्रशासन र स्थानीय सरकारले नै ध्यान दिनु पर्दछ । कालोबजारी र अस्भाविक मूल्य बृद्धि रोकिनु पर्दछ ।

प्रभावकारी न्यूजले बारम्बार बजारको अवस्थाबारे समचार प्रकाशन गरेपछि दमक बजार अनुगमन भयो । मूल्य सूचि टाँस नगर्ने पसलहरु बन्द गराएको पाईए । तर साना ब्यवसायीहरुले भनेकाछन् यसमा हाम्रो गल्ति छैन र हामीले मूल्य बढाएका छैनौ । जानुहोस होलसेल ब्यवसायीहरुलाई अनुगमन गर्नुहोस्, उनिहरुको आवाज छ ।

होलसेल ब्यवसायीले पनि मिलबाट नै भाउ बढाएको बताएकाछन् । तर नयाँ ल्याएको बिल र स्टक अनुगमन समितिले माग्दा दिन सकेको पाईएन । पुरानो मौज्दात रहेको सामानको पनि मूल्य बढाएर विक्री गरेको हाम्रो आंशका हो, दमक बजार अनु्गमन समितिका संयोजक भीम पौड्यालले भने ।

बजारका साना ब्यवसायी भन्ने ठुला ब्यवसायीलाई भन्नुहोस् । ठुला ब्यवसायी भन्ने माथि मिलमा गएर भन्नुहोस ।  अनि उपभोक्ताले के गर्ने ?  जति मूल्य बजारमा छ त्यतिमा किन्ने ? आफ्नो क्षमताले भ्याएन भने भोकभोकै बस्ने भन्दा अरु बिकल्पन नहुने अवस्था देखिन थाल्यो ।

लकडाउनको यो समयमा सकेसम्म आफ्ना उपभोक्ता तथा ग्राहकलाई ब्यवसायीले छुट दिनुपर्नेमा थप तनाव दिएको भन्दै सर्वत्र आलोचना छ । स्वयं दमक उद्योग बाणिज्य संघले नै बजारमा मनपरी बढेको स्वीकार गर्दै नगरपालिकालाई अनुगमन गर्न आग्रह गरेको छ । यो उपभोक्ता तथा ग्राहकप्रति देखाएको सम्मान पनि हो ।

स्थानीय सरकारले तत्काल जहाँ भाउ बढाएको छ त्यहाँ पनि कुरा गर्न जरुरी रहेको छ । जिल्ला प्रशासन कार्यालय वा प्रदेश सरकार वा संघीय सरकारलाई अनुरोध गर्न सक्छ । त्यहाँको मूल्य बढाए नबढाएको बिषयमा जानकारी लिन सक्छ । यस बिषयमा सबैको ध्यान जाओस ।

लफडा

झापाको दमकमा यस्तो अवस्थामा ठगी नहोस भनेर मुल्य सुची नटास्ने पसल ठाउँको ठाउँ बन्द । यसरी भयो लफडा ।

Posted by Prabhabkarinews Dijital Patrika on Tuesday, 21 April 2020