दमकका एक ब्याक्तिमा कोरोना पोजेटिभ पुष्टि
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकका एकजानमा कोराना पुष्टि भएको बताईएको छ । तीनजनाको आरडिटी परीक्षणमा पोजेटिभ आएपछि स्वाब परीक्षणका लागि धरान पठाईएको थियो ।
तीन मध्ये एकजनामा कोरोना संक्रमण भेटिएको बताईन्छ । स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । विदेशबाट आएका एकै परिवारका ३ जनामा आरडिटी परीक्षणमा पोजेटिभ देखिएको थियो ।
विस्तृत विवरण आउन बाँकी रहेको छ । तीनै जना दमक अस्पतालको आइसुलेसनमा रहेकाछन् ।
फेसबुक पेजमा भनिएको छ-
हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ | आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या १ छ | जो झापा निवासी ६२ बर्षका पुरुष हुनुहुन्छ | हाल सम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ | डा. समिरकुमार अधिकारी सह-प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अध्यावधिक मिति: २०७७ बैशाख १२ गते, साँझ ७:४५ बजे
