२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा एकजनामा कोरोना संक्रमण फेला परेपछि यसबाट थप ब्याक्तिहरुमा सरेको हुनसक्ने भएकाले उच्च शर्तकता अपनाएर संक्रमण पहिचान र रोकथाममा नगरपालिका लागेको छ ।

यसमा सरोकारवाला सरकारी संयन्त्रहरु पनि लागि परेकाछन् । शनिवार स्वाबको नमुना संकलन तथा आरडिटी परीक्षण लगायतको बिषयमा नगरपालिकामा प्रदेश सरकारले अभिमुखिकरण सहित आवश्यक सहजीकरण पनि गरेको जनाईएको छ ।

दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार साँझ अबेरसम्म लगाएर योजना बनाएर फिल्डमा विहानैदेखि खटिने तयारी रहेको छ ।

दिउसोभर कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गरिएकोछ छ । पहिलो चरणमा प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण हुने जनाईएको छ ।

दमक नगरपालिका उपप्रमुख एवं दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिकी प्रवक्ता गीता अधिकारीका अनुसार संक्रमण भएको भए पहिचान र नभएको भए रोकथामका लागि सबै उपाय अवलम्बन गरिने छ ।

दमक नगरपालिका र दमक नगरपालिका आसपासका पालिकाका प्रयोगशालाकर्मीहरुलाई यहाँ प्रदेश सरकारले खटाउने छ । चारवटै टोलीको संयोजक दमक अस्पतालका प्रमुख डा. खड्गलाल पयाङ्गुले गर्नेछन् ।

कोरोना भाईरस संक्रमण देखिएको स्थानमा PCR (स्वाब) नमुना संकलनका लागि १ नं. प्रदेश सरकार र जिल्ला जनस्वास्थ्य कार्यालय, झापाको तर्फबाट आज दमक नगरपालिकामा अभिमुखिकरण गर्ने कार्य सम्पन्न भयो, अधिकारीद्धारा जारी बिज्ञप्तिमा भनिको छ ।

संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका पहिलो घेरामा रहेका व्यक्तिहरुको Contact Tracing गर्नकालागि नगरपालिकाले दमक अस्पतालका प्रमुख डा. खड्कलाल पयाङगु लिम्बुको संयोजकत्वमा ४ वटा छुट्टाछुटै स्वास्थ्यकर्मी, जनस्वास्थकर्मी र प्रयोगशालाकर्मीहरुको टोलि परिचालन गर्ने भएको छ.  “प्रवक्ता अधिकारीद्धारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ