२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ रेडक्रस तथा लायन्सकर्मी बिमल शर्माको अग्रसरतामा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका कर्मचारीहरुलाई एकएकथान पीपीइ, चश्मा र एन ९५ माक्स उपलब्ध गराईएको छ ।

रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिप चापागाई (दीपु),  फेसन सेन्टर दमक ७ का प्रोपाइटर संञ्जय रौनियार,ले शर्माको संयोजनमा यी सामाग्रि प्रदान गरेको रेडक्रसका अध्यक्ष प्रकाश बुढाथोकीले बताएकाछन् ।

रेडक्रसको रक्तसञ्चार लगायत अति आवश्यक सेवा शुचारु रहेको अवस्थामा कोराना भाइरस रोकथामका लागि रक्षा कवच उपलब्ध गराउनेप्रति रक्तसञ्चार प्रमुख सिद्धार्थ दाहालले आभार प्रकट गर्दै यो अवस्थामा यस्तो सहयोग ठुलो भएको जनाएकाछन् ।

रौनियारले यसभन्दा अघि सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत फिल्डमा खटिनेहरुलाई पीपीइ प्रदान गरेका थिए । उनले प्रदान गरिएको पीपीई स्वास्थ्यकर्मीहरुले लाउने खालको भने होइन ।

उनले अति आवश्यकीय रुपमा हिडडुल र फिल्डमा खटिनेहरुका लागि आफै डिजाइन गरेर बनाएको बताएकाछन् । स्वास्थ्यकर्मीहरुका लागि बेग्लै बनाएको छु, उनले भने ।