हामी सचेत नबन्ने हो भने एक घरबाट अर्को घरमा जान पनि रोक्नु पर्ने अवस्था आउन सक्छ-रोमनाथ ओली
विष्णुप्रसाद पोखरेल
दमक/ दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले कोरोना संक्रमण फैलन नदिनका लागि आम नगरबारसीलाई सामाजिक दुरी कायम राख्न बारम्बार अनुरोध गरेपनि अटेर गरेको भन्दै चिन्ता प्रकट गरेकाछन् ।
उनले यसलाई हल्का रुपमा लिएको जनाउदै अब थप कडाई गर्नु पर्ने भए र संक्रमण थप ब्याक्तिहरुमा देखिए एक घरबाट अर्को घर जान पनि रोक्नु पर्ने अवस्था आउन सक्नेतर्फ सचेत पनि गराएकाछन् ।
अहिले हामीले ३ नम्बर वडा शिल गरेका छौ र अब सक्रमण् थपमा देखियो भने हामीले थप निर्णय लिनुपपर्ने हुन्छ, उनले भने । यदि यहि अवस्थामा रहेमा क्रमश लकडाउनलाई खुकुलो बनाइदै लैजाने पनि बताएकाछन् ।
अनुशासन र सामाजिक दुरीलाई कडाईका साथ पालना गर्दा मात्र संक्रमणबाट बच्न सकिने भन्दै यो नबुझ्दा समस्या भएको उनको भनाई थियो ।
दमकमा मानिसहरुलाई सामाजिक दुरी कायम गराउन अत्यन्त गाह्रो भएको छ, ओलीले भने । पटक्कै पिच्छे मान्छेलाई सम्झाउनुपर्छ, उनको भनाई थियो ।
शनिवार बजार खुल्दा एकै घरबाट २ देखि ३ दिनजनासम्म हिडेको पाएको ओलीले जनाए । सम्झाउने बाहेक अन्य कारवाही केहि पनि छैन, उनले भने । भोली सर्वपक्षिय बैठकपछि नगरपालिकाले थप निर्णय गरिने उनले बताए ।
हामी सचेत नबन्ने हो भने एक घरबाट अर्को घरमा जान पनि रोक्नु पर्ने अवस्था आउन सक्छ-रोमनाथ ओली
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Monday, 27 April 2020
