दमकमा आरडीटी परीक्षणमा केहिमा कोरोना संक्रमणको आशंका, स्वाब परीक्षण रिर्पोट कहिले आउछ ?
दमक/ झापाको दमक ३ का एक ब्याक्तिमा कोरोना संक्रमण प्ष्टि भएपछि उनको हिमचिममा रहेका आफन्त तथा नजिककाहरुको आरडीटी परीक्षण र स्वाब संकलन गरेर परीक्षणका लागि पठाईएपनि सोमबार अबेरसम्म यसको रिर्पोट आएको छैन । केअि आरडीटीको क्रममा शंकाश्पद पनि देखिएको जनाईएको छ ।
दूइतीनवटा आरडीटीमा केहि शंकाश्पद देखिएको हो, दमक अस्पतालका प्रमुख डा. खड्ग लिम्बुले सोमबार दमक नगरपालिकामा भएको पत्रकार सम्मेलनमा भने ।
स्वाब परीक्षणको रिर्पोट नआएसम्म यसै भन्न सकिन्न, उनले थपे । उनले धेरै रिर्पोट आउनु पर्ने भएकाले २ देखि ३ दिन लाग्न सक्ने पनि बताएकाछन् ।
सकेसमम हामीले छिटो रिर्पोट दिन भनेका छौ, उनले भने । कहिले आउदा भन्ने अहिले निश्चित नभएको पनि उनको भनाई थियो ।
दमकमा हालसम्म ८४ जनाको पिसिआर, १५७ जनाको आरटीडी परीक्षण भएको पनि सो अवसरमा जानकारी दिईएको थियो । यो ठुलो संख्या हो किनभने कतिपय ठाँउमा यति चाडो यसरी काम भएको छैन, लिम्बुको दाबी थियो ।
संक्रमित क्षेत्रमा डा. लिम्बुको संयोजकत्वमा स्वास्थ्यकर्मी,प्राविधिकहरुको छुटाछुट्टै चार टोली खटिएको थियो । यसमा आम्दा दमकका मेसु डा. नविन ढकालको पनि सहभागिता रहेको थियो ।
