लखर-लखर नहिडौँ र समुदाय लेभलमा कोरोना भाईरस सर्ने चरणमा छौँ-जीवनकुमार श्रेष्ठ
दमक/ झापाको भद्रपुर नगरपालिकाले कोभिड -१९ संक्रमण देखिएका र ट्रेसिङमा परेका पालिकाहरुबाट खाद्यान्न वा अन्य बस्तुहरु आयात नगर्ने निर्णय गरेको छ ।
कोरोनाको संक्रमण फैलन नदिनका लागि यस्तो निर्णय गरिएको बताईएको छ । लकडाउनलाई प्रभावकारी बनाउने पनि निर्णय भएको जनाईएको छ ।
लखर-लखर नहिडौँ र समुदाय लेभलमा कोरोना भाईरस सर्ने चरणमा छौँ हामी, नगर प्रमुख जीवनकुमार श्रेष्ठले भनेकाछन् ।
यस्तो छ भद्रपुर नगर बिपत ब्यबस्थापन समिति को निर्णय
२०७७/१/१५ गते भद्रपुर वडा प्रहरी कार्यालयमा वडा प्रहरी प्रमुख डम्बरबहादुर पुरीको अध्यक्षता तथा नगर बिपत ब्यबस्थापन समिति अध्यक्ष नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सर्बदलिय र सर्वपक्षीय कोभिड-१९ रोकथाम तथ नियन्त्रणका सन्दर्भमा नेपाल सरकारले बैसाख २५ गतेसम्म लकडाउनको समयावधि थप गरेको र समुदाय स्तरमा संक्रमण बढ्नसक्ने अवस्थाका सम्बन्धमा छलफल गरि निम्न निर्णय गरिएकोले कार्यान्वयन गर्न र परिपालन गर्न,गराउन अनुरोध गर्ने निर्णय गरिएको छ।
१) लकडाउन प्रभावकारी बनाउन :-
क) खाद्यान्न ,दूध डेरी,फलफुल पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्ममात्र खोल्ने र खरिद-बिक्रीवितरण गर्दा कोभिड-१९ को स्वास्थ्य सुरक्षाका नियमहरु पुर्णरुपले पालन गर्ने,गराउने।
ख) मदिरा,चिया,होटल ,ब्युटि पर्लर,सैलुन जस्ता पसलका साथै अत्यावश्यकिय सामग्री बाहेकका पसलहरु बन्द राख्ने।
ग) भेटनरि , मलबिउ र एलोपेथिक,आयुर्वेदिक औषधिपसलहरु खुल्ला रहनेछन।
घ) सागसब्वी ,तरकारी बिक्रीवितरण घुम्तिसेवाबाट निरन्तर राख्ने तर बिक्रिबितरण गर्दा दर्तावाला ब्यबशायीले नगरपालिका वा वडा समिति वा झापा उद्योग बाणिज्य संघ,भद्रपुरबाट अनुमतिपत्र लिनपर्ने र फोटो सहितको परिचयपत्र साथमा लिई एक सवारिसाधनमा २ जनामात्र राखि गर्नुपर्नेछ।
ङ) कोभिड-१९ संक्रमण देखिएका र ट्रेसिङमा परेका पालिकाहरुबाट खाद्यान्न वा अन्य बस्तुहरु आयात नगर्ने , आवागमनमा थप सचेत गराउने।
२) भारत वा नेपालका भद्रपुर नगर बाहिरबाट यदि छिमेकमा कोहि आउनुभएको भए सम्बन्धित वडा समिति वा स्थानिय प्रहरिमा सम्पर्क नम्बर,कहाँबाट ,कहिले आउनुभएको जान कारी तुरुन्तै गर्न गराउन निर्णय गर्दै सुचना नदिई अटेर गरि बसेका कारणबाट उत्पन्न हुने कुनैपनि जोखिमले आफू वा समुदायलाई प्रभाब परे सम्बन्धित ब्यक्ति वा समुहलाई जिम्मेवार बनाईनेछ।
