दमकमा अत्यआवश्यक काममा १ जनाभन्दा बढि हिडडुल गर्न प्रतिबन्ध देखि लिएर यस्ताछन् निर्णयहरु
दमक/ नगरपालिकाको कोरोना भाइरस‚रोकथाम तथा नियन्त्रण समन्वय समितिको निर्णय अनुसार अब दमकमा लकडाउन थप कडा हुनेछ । दैनिक उपभोग्य सामाग्रि खदिरमा केहि खुकुलो हुने गरी दैनिक पसल खुला रहेपनि हिडडुलमा भने कडाई गर्न लागेको पाईएको हो । समितिले जारी गरेको सूचना यस्तो छ
दमक नगरपालिका
कोरोना भाइरस‚रोकथाम तथा नियन्त्रण समन्वय समितिको सूचना ।।।
-
भोली २०७७ साल वैसाख १७ गते देखि लकडाउन अवधिभर अत्यावश्यक बस्तु तथा सेवा आपूर्तिका लागि निम्न अनुसारको ब्यबस्था गरिएको छः-
-
अत्यावश्यक बस्तुहरु खाद्यान्न‚ तरकारी र ग्याँस हरेक दिन दिउँसो १२.०० वजे देखी २.०० वजे सम्म दिनको २ घण्टा मात्र खरिद बिक्री गर्न पाइनेछ । अरु समय पसल बन्द गर्नुपर्नेछ । तोकिए बाहेक अरु सामग्री बिक्री वितरण गर्ने पसल लकडाउन अवधिभर वन्द रहनेछन् ।
-
अत्यावश्यक दैनिक उपभोग्य बस्तुहरु बिक्री गर्ने पसलहरुले सामाजिक दुरी कायम हुने गरी उपभोक्तालाइ लाइनमा राख्ने ब्यबस्था गरेर मात्र विक्री गर्न पाइने छ । अन्यथा विक्री गर्न पाइने छैन ।
-
दुधमात्र विक्री गर्ने पसलहरु दैनिक विहान ६.०० बजेदेखी ८.०० बजेसम्म २ घण्टामात्र खुल्ला गर्न पाइनेछ ।
-
औषधीजन्य पसलहरु साविक बमोजिम नै खुल्ला रहनेछन् ।
-
अत्यावश्यक कामका लागि घर वाहिर निस्किदा सामाजिक दुरी कायम हुने गरी १ जना ब्यक्ति मात्र निस्किन पाइनेछ ।
-
होम डेलिभरीको व्यवस्था कायमै राखिएको छ।
-
माथि लेखिएका कुराहरु उलङ्घन गरेमा कानुन वमोजिम कारवाही हुनेछ ।
