२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  इमरजेन्सि र ज्वरो क्लिनिक सञ्चालन गर्दै आएको दमकको सरकारी दमक अस्पताल र आम्दा अस्पतालले सकेसम्म विरामीको उपचार नरोकेको बताएकाछन् । दमक नगरपालिकामा मंगलवार भएको पत्रकार सम्मेलनमा यस्तो बताएकाहुन् । बिमा समितिसंग समेत कुरा गरेर बारम्बार दिर्घ रोगी तथा नियमित औषधि सेवन गर्ने विरामीहरुलाई ओपीडि नहेरेर भएपनि वा इमरजेन्सिमा हेरेर नै हेरेर औषधि उपलब्ध गराउदै आएको जनाईएको छ ।

आम्दा अस्पतालका मेसु डा. नविन ढकालले बिमाका विरामीहरुको सहजतका लागि एक महिनाको पनि औषधि दिन थालिएको हो । मौज्दातमा भएका र उपलब्ध भएसम्मका औषधिहरु विरामीलाई दिइरहेका छौ, उनले भने । यो भन्दा अघि हप्ता तथा १५ दिनका लागि विमाको औषधि पाउदै आएका थिए । सवैमा यो समभव छैन तर जसलाइ आवश्यक छ त्यसले पाउछ, उनले भने ।

यता दमक अस्पतालमा पनि इमरजेन्सि लगायतका सेवाहरुमा कुनै कमी नभएको बताईएको छ । विरामीको अवस्था हेरेर छिटो भन्दा छिटो सेवा दिएर पठाइने गरेको अस्पतालका प्रमुख खड्ग लिम्बुले बताएकाछन् । विमाका विरामीहरु औषधिका लागि आउने भएकाले हामीले पनि औषधि दिएर पठाईरहेकाछौ ।

यि दुवै अस्पतालमा कोरोना संक्रमणको आंशका गरिएका विरामीहरु राख्नका लागि आइसुलेसन वार्ड बनाईएको छ भने यहाँ विरामीहरु पनि रहेकाछन् । अस्पतालले आवश्यक स्वास्थ्य सुरक्षामा कुनै कमी हुन नदिएको र गुणस्तरीय पीपीइहरु स्वाथ्यकर्मीहरुलाई उपलब्ध गराएको पनि बताईएको छ।