२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ आजदेखि दमकमा दैनिक उपभोग्य सामाग्रि किनमेलका लागि २ घण्टा पसलहरु खुला रहनेछन् । दमक नगरपालिकामा कोरोना भाइरस‚रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले हिजो १२ देखि २ बजे बजार खोल्ने निर्णय गरेको हो । यसभन्दा अघि हप्तामा २ दिनमात्र पसल खोल्ने निर्णय भएको थियो ।

यता जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको पुर्ण बैठकले बिहान ८ बजे देखी ११ बजेसम्म पसल खोल्न दिने निर्णय गरेको छ । कोरोना संक्रमित भेटिएको दमक र बाह्दशीमा पनि स्थानीय पालिकाको नै निर्णय कार्यन्वयन हुने बताईएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले निर्णय कडाईका साथ कार्यन्वयन गर्न आग्रह गरेकाछन् । उनले सामाजिक दुरी कायम गरेर किनबेच गर्नका लागि पनि आग्रह गरेकाछन् । यसका लागि किनबेच तथा अत्यआवश्यक काममा पनि एकजनाभन्दा बढि भएर हिड्न नपाउने नगरपालिकाको निर्णय छ ।

बजारमा कालोबजारी तथा ठगी भइरहेकाले बजार अनुगमन गर्न पनि माग उठ्दै आएको छ । सिमित समय पसल खोलिने र यो समयमा आवश्यक सामाग्रि नागरिकले जोह गर्नु पर्ने भएकाले ब्यापारीले आफु खुसि मूल्य बढाएकाछन् । अन्य क्षेत्रको तुलनामा दमकमा लकडाउन पालना कमजोर रहेको भन्ने छ ।

नगरपालिकाका प्रमुख ओलीले दूइ दिन अघि पत्रकारहरुसंगको एक कार्यक्रममा दमकमा सामाजिक दुरी कायम गर्ने र कोरोना संक्रमण रोकथामका लागि नगरपालिकाले गरेको आग्रह नटर्ने प्रवृती देखिएको भन्दै चिन्ता प्रकट गरेक थिए । संक्रमण फैलन नदिन सामाजिक दुरी कायम गर्न सबैको दायित्व हो, उनले भने ।