२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा कोरोना भाइरस संक्रमणको विरामी रहेको र आम्दामा राखिएको भन्ने हल्ला फिजाईएको भन्दै यस्तो भ्रममा नपर्न आग्रह गरिएको छ ।

आम्दा अस्पतालका मेसु डा. नविन ढकालका अनुसार आम्दामा कोरोना संक्रमणको शंकाश्पद तथा कोरोना संक्रमणका कोहि पनि विरामी नराखिएको स्पष्ट पारे ।

उपचारमा आउने विरामीहरुलाई असर पर्ने गरी भ्रम छरिएको छ र यो कसरी भयो अचम्मित बनेका छौ, डा. ढकालले भने ।

अस्पतालले जिल्लामा नै पहिलो पटक ज्वरो क्लिनिक सञ्चालन गरेको र सर्वसाधरणलाई सेवा निरन्तर दिईरहेको भन्दै यहाँ कोरोना संक्रमित तथा आंशका गरिएका विरामीहरु नभएकाले ढुक्कका साथ आएर सेवा लिन आग्रह गरेकाछन् ।

इमरजेन्सि सेवा र ज्वरो क्लिनिक नियमित रहेको उनले बताए ।

ज्वरोका विरामीहरुलाई बेग्लै आइसुलेसनमा राख्ने ब्यवस्था गरिएको भन्दै यस्तो अवस्थामा भ्रम नफैल्याउन र विरामी परेकाहरुलाई सहज सेवा पुर्याउन सवै अग्रसर हुनुपर्ने पनि उहाँको भनाई छ ।