कमल गाँउपालिकाबाट लगिएको स्वावको नमुनाको परीक्षण रिर्पोट सबै नेगेटिभ
दमक/ दमकका कोरोना संक्रमितसंग सम्पर्कमा आएका कमल गाँउपालिकाका सबैको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।
गाँउपालिका अध्यक्ष मेनुका काफ्लेका अनुसार सबैको रिर्पोट नेगेटिभ आएको हो । संक्रमितको क्षेत्रबाट लगिएका स्वाबको नमुनासंगै कमल गाँउपालिकाबाट पनि लगिएको थियो ।
संक्रमित ब्याक्तिसंगको हिमचिम भएका कमल गाँउपालिकाका केहि ब्याक्तिहरुको स्वाब परीक्षणका लागि धरान पठाईएको थियो ।
