२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा एकजनामा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको जाँचमा अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण फेला नपरेको बताईएको छ ।

विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० भन्दा बढिको स्वाब परीक्षणका लागि पठाईएको थियो । त्यहाँ जाच गरिसकिएका कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन ।

बुधबार दिउसोसम्ममा दमकबाट पठाईएको स्वाबको परीक्षणमा कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको हो। कतिवटा स्वाबको नमुना परीक्षण भयो भन्ने आधिकारीक रुपमा खुलाईएको छैन ।

सबै रिर्पोट नेगेटिभ भन्ने सुनेका छौ तर आधिकारीक रुपमा केहि आएको छैन, दमक नगरपालिका श्रोतले भन्यो । सगै लगिएको कमल गाँउपालिकाका केहिको स्वाब परीक्षण पनि नेगेटिभ नै आएको छ ।

दमक ३ का एकजनामा कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्र शिल गरेर कोरोना जाँचमा तिब्रता दिईएको थियो । आरडीटी परीक्षणमा केहिको रिर्पोट पोजेटिभ आएपछि त्रास पनि उत्पन्न भएको थियो ।

दमक नगरपालिका स्वास्थ्य शाखाका अनुसार पहिलो चरणमा संक्रमतिबाट अति जोखिममा पर्न सक्नेहरुको स्वाव परीक्षणका लागि पठाईएको हो ।

पुर्ण रुपमा जाँचको विवरण नआएसम्मका लागि दमक ३ नमबर वडा शिल गरिएको छ । यहाँ हिडडुलमा कडाई गर्नका साथै स्थानीयलाई सचेत हुन आग्रह गरिदै आएको छ ।

वडाध्यक्ष नविन बरालका अनुसार ढिला गरी रिर्पोट आँउदा तनाव सिर्जना भएको छ । सबैमा रिर्पोट कहिले र कस्तो आउला भनेर चिन्ता र कौतुहलता रहेको उनले बताए ।