कोरोना संक्रमणको जोखिम ! दमकमा लकडाउनको अवधिमा बजार खोल्दा….
दमक/ दमकमा लकडाउनको पालना नभएको गुनासो आएको छ । आजदेखि नगरपालिकाले अत्यआवश्यकीय खाद्य सामाग्रि किनमेलका लागि १२ देखि २ बजेसम्म खुला गर्ने निर्णय गरेको थियो ।
तर एकजना भन्दा नहिडन र सामाजिक दुरी कायम राख्नका लागि अनुरोध गरिएपनि यो पालना हुन सकेन । बुधबार बजार निक्कै भिड देखियो ।
अन्यत्र नगरपालिका तथा गाँउपालिकामा कोरोना संक्रमण रोक्नका लागि कडा रुपमा लकडाउन पालना गराइ रहदा दमकमा भने नगरबासीले यसलाई अटेर गरेको देखिन्छ ।
अत्यआवश्यक मात्र होइन अधिकाँश बजार खुला रहे । लामो मसय पछि बन्द भएर बजार खुलेजस्तो खुलेपछि यसले लकडाउनको पालना नभएको देखिएको छ ।

