२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ नेकपा भित्रको पछिल्लो गतिविधिले आम कार्यकर्ताहरुमा नैराश्यता पैदा भएको छ । अझ सांसद नभएकाहरुलाई प्रधानमन्त्री प्रस्ताव गरिएपछि यसले राजनीतिमा तंरग पैदा भएको छ । दमकका नेकपा युवा नेता सन्तोष दुलाल अहिले जे बहस भइरहेको छ यो प्रति गम्भिर असहमति राख्दछन् । उनले निर्वाचन हारेकालाई प्रधानमन्त्री बनाईनु नहुने बताएकाछन् ।

पार्टी सिद्धान्त, नीति-नियम अनुरुप र नेपालको संविधान अनुरुप पार्टी र सरकार चल्नुपर्छ, उनले भने । यो जनमत स्थिर सरकारको लागि हो  अहिले सरकार परिवर्तन प्रधान कुरा होइन, प्रभावकारी न्यूजसंग उनले भने ।

पार्टीको नियमित छलफल र बहुमत सदस्यको विचार अनुरुप पार्टी र सरकार चल्नुपर्छ, उनले थपे ।

दुलाले विकसित घटनाक्रम बारे सामाजिक सञ्जालमा पनि आफ्नो धारण राखेकाछन् । विकसित घटनाक्रम र नेकपाभित्रको किचलोको बिषयमा युवा नेता दुलाल सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-

निर्वाचन हारेकालाइ फेरि पनि प्रधानमन्त्री बनाउने हो भने, निर्वाचन किन चाहियो ? जनताले भोट किन दिनु पर्यो ? #माधव नेपाल वा अन्य कमरेड पनि अध्यक्ष बन्ने हो भने, प्रदेश,जिल्ला,पालिका,वडाका कमिटी र अन्य जबसमा पनि दुई वा सोभदा बढि अध्यक्ष हुनुपर्छ भन्ने विचारहरु आए भने के गर्ने ? यसै त अब एक जना मात्र अध्यक्ष हुनुपर्छ भन्ने माग चर्को रूपमा उठिरहेको छ ।

* बामदेवलाइ राष्ट्रिय सभा सदस्य बनाएर प्रधानमन्त्री हुने वातावरण नबनाउदा बामदेवले केपि ओलि र सरकारलाई असहयोग गर्नुपर्ने ।

* कार्यकारी अध्यक्ष बन्न नपाएको र बामदेव गोटि सफल नहुदा प्रचण्डले पनि केपि ओलि र सरकारलाई असहयोग गर्नुपर्ने ।

* बरियता क्रम नमिल्दा र आफ्ना मान्छेलाइ मन्त्री र अन्य जिम्मेवार पदमा लैजान केपि ओलिले विषेश भुमिका नखेल्दा माधव कुमार नेपालले पनि असहयोग नै गर्नुपर्ने ।

* बिधमान भ्रस्टाचार,कालोबजारी,दलाल-तस्करहरुलाइ पद्च्युत र कारबाहीको माग गर्दा प्रम र वरिपरिका हुक्केचिलिमेहरुले बेवास्ता गरि अझै रागो जत्तिकै भएर हान्न अगाडि आइहाल्नु पर्ने । पार्टी र संसदिय दलको बैठकै नराख्ने, र बिना छलफल आफू अनुकुल डङ्ग कि डङ्ग निर्णय गर्दै जाने । गुठी बिधेयक,सुचना तथा संचार(मिडिया) बिधेयक,शिक्षा-स्वास्थ्य बिधेयक र अरु अन्य बिधेयक पार्टी पद्धति बिपरित ल्याइ कार्यान्वयन गर्न नसकेर फेरि फिर्ता गरिसके पस्चातको पार्टी बद्नाम भएको विषयमा कहि कतै पनि छलफल नै नराख्ने । सो उपर जनता र कार्यकर्ताहरुको खबरदारीलाई बिरोधको रूपमा मात्र बुझ्ने । पार्टीका शिर्ष नेताहरुको कत्तिपय राम्रा सुझावहरु पनि ग्रहण नै गर्न नसक्ने, प्रम र वरिपरिका हुक्केचिलिमेहरुको बल मिच्याइ सहिनै राख्नुपर्ने ।

* यी सबै शिर्ष नेताको अराजकता र बिथितिको बिरुद्धमा दोश्रो,तेस्रो पुस्ताका नेतृत्व मौन बस्नुपर्ने । अझ भनौ एउटा एउटाको कट्टु समाएर बैतर्नी तर्नुपर्ने ।

* देशलाई प्रतिगमनको बाटोमा,राजनितिक अस्थिरताको बाटोमा लैजाने अध्यादेशलाई तिनै मन्त्रीमण्डलका मन्त्रीहरुले चै के हेरेर निर्णयमा समर्थन गरेका नि ? सूनिन्छ तीन जनाले चै प्रश्न उठाए रे ! ल प्रश्न नै उठाइसकेपछी,बिरोध गरेपछी वेवास्था गरिएछ रे, तत पश्चात् चै नैतिकताको आधारमा राजिनामा दिनु पर्दैन ? कि जागिर खान गएका हौ भनेर भन्नुपर्यो ।

* गम्भीर प्रकृतिको अध्यादेश आउने सुइको पनि नपाउने अरु नेताले चै के राजनीति गरेर बसेका होलान् !! मलाई त लाग्छ , शिर्ष नेतृत्वको छलफलबाट नै आएको थियो अध्यादेश । अध्यादेश आउन दिएर , असफल बनाउने रणनीतिमा तल्लिन थिए तिनिहरु भन्दा अनर्थ नहोला ।

#निर्वाचन हारेकालाइ फेरि पनि प्रधानमन्त्री बनाउने हो भने, निर्वाचन किन चाहियो ? जनताले भोट किन दिनु पर्यो ?
#माधव नेपाल वा अन्य कमरेड पनि अध्यक्ष बन्ने हो भने, प्रदेश,जिल्ला,पालिका,वडाका कमिटी र अन्य जबसमा पनि दुई वा सोभदा बढि अध्यक्ष हुनुपर्छ भन्ने विचारहरु आए भने के गर्ने ? यसै त अब एक जना मात्र अध्यक्ष हुनुपर्छ भन्ने माग चर्को रूपमा उठिरहेको छ ।
#अन्त्यमा कोहि नेता र गुटप्रती लक्षित गरेर राजनैतिक अस्त्र फ्याक्ने वा इगो साध्ने कुकृत्य गर्ने कृणा स्थल होइन नेकपा र सरकार ।#चेतना_भया

#पछिला गतिबिधिहरुको दोष कोहि २/३ शिर्ष नेताहरुलाइ मात्र लगाएर दोश्रो,तेश्रो पुस्ताका नेता र आम नेता कार्यकर्ताहरु उम्कन कत्ति पनि पाउनु हुने छैन ।
जसमा मेरो पनि प्रत्यक्ष/अ-प्रत्यक्ष रुपमा सम्लग्नता छ,म प्रष्ट पार्दछु । जसका लागि आम जनता,कार्यकर्ताहरुसङ्ग #माफी चाहन्छु ।