२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा सवारी साधन सञ्चालनमा कडाई शुरु गरिएको छ । बुधबार लकडाउनको पालना नभएको र सवारी साधनको लस्कर लागेको पाईएपछि विहानै दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको सक्रियतामा सरोकारवालाहरुको बैठकले अनुमति बेगरका सबै सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

विहिबार विहान उक्त निर्णय भएपछि प्रहरीले पुर्व पश्चिम राजमार्गको दमकको मुख्य गणतन्त्र चोकदेखि लिएर बजार भित्र समेत जाँचगेर अत्यआवश्यक बोहकका मोटरसाइक, टेम्पो लगायतका सवारी साधनहरु रोक्न थालेको हो । दमकमा लकडाउन खुकुलो भएको भन्ने गरिएको छ ।

स्थानिय प्रशासन कार्यालयको सिफारिस बिना मोटरसाइकल, सिटीसफारी, टेम्पो, गाडी चलाउन नपाउने निर्णय भएको छ र यसको कार्यन्वयनका लागि हामीले सरोकारवाला निकायहरुलाई भनिसकेका छौ, नगर प्रमुख रोमनाथ ओलीले भने । सामाजिक दुरी कायम राख्नका लागि र लकडाउन पालना गराउनका लागि नगरपालिकाले बिभिन्न निर्णय सहित यो पनि निर्णय गरेको थियो ।

प्रहरीले सवारी साधनहरु नियण्त्रणमा लिने क्रम जारी रहेको छ । औषधि किन्न, अन्य खाद्यन्न किन्न र अत्यआवश्यकीय काममा हिडेको भन्दै वहाना बनाएर पनि सवारी साधन कुदाउने गरेको पाईएपछि कडाई गरिएको जनाईन्छ । अत्यआवश्यक काममा निस्कदा भने उनिहरुलाई रोकतोक नहुने जनाईएको छ ।

विना पासका सवारी साधनहरु धेरै चल्दै आएका थिए । प्रहरीले एकघण्टा चोक उभ्याउदा समेत सवारी साधन कुदाउने क्रम रोकिएको छैन । लकडाउन पालना नगर्ने सवारी साधनमा सबैभन्दा बढि मोटरसाईकल नै रहेकाछन् । इलाका प्रहरी कार्यालय दमकको परिसर मोटरसाइकलले भरिएको छ ।