दमकमा फुटपाथमा हुने फलफुल र शब्जि ब्यापार नियण्त्रण गर्ने निर्णय
विष्णुप्रसाद पोखरेल
दमक/ कोरोना संक्रमणको जोखिम कम गर्नका लागि दमक नगरपालिकाले शब्जि बजार बन्द गरेपछि फटपाथमा शब्जि ब्यापार हुँदै आएको छ । नगरपालिकाले अब्यवस्थित रुपमा फुटपाथमा हुने ब्यापारले पनि जोखिम बढेको ठहर गर्दै यस्तो कार्य नियण्त्रणमा लिने भएको छ ।
नगरपालिकाले विहिवार अनियन्त्रित र जोखिम पूर्ण फलफुल तथा शब्जि ब्यापार रोक्ने निर्णय गरेको हो । फुटपाथ र सडकमा तरकारी तथा अन्य पसल व्यवसाय राख्न नपाउने निर्णय भएको छ, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले भने । सरोकारवालाहरुसंग नगरपालिकामा विहान बैठक बसेको थियो ।
दमकमा कुनै सावधानी नअपनाइ खुलमखुल्ला शब्जि तथा फलफुल विक्री भएपछि अनुगमन समितिको कडा एक्सन, उठाएर लैजानेदेखि पसल बन्द गराउने अभियान
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Thursday, 30 April 2020
नगरपालिका, प्रहरी र दमक उद्योग बाणिजय सघले यसको अनुगमन गर्नेछ । यसैक्रममा विहिबार दिउसोदेखि अनुगमन पनि शुरु भएको छ । न्यूनतम सावधानीका उपाय समेत नअपनाई फलफुल तथा शब्जि ब्यापार गरेको पाईयो, समितिका संयोजक भीम पौड्यालले भने ।
अनुगमन समितिले यस्तो कार्य नरोके नगरपालिकाले नगर प्रहरी परिचालन गरेर सामान उठाउने चेतावनी पनि दिएको छ । नगरपालिकाको निर्णय अवज्ञा गरेमा फुटपाथमा राखिएका सामान सबै उठाएर लैजाने तयारी भएको छ, अनुगमन समितिका एक सदस्यले भने ।
वडा कार्यालयसंग अनुमति लिएर र कोरोना संक्रमण रोकथाम तथा नियण्त्रणका लागि अपनाउनु पर्ने सावधानी अपनाएर होम डेलिभरी गर्न भने दिइनेछ । उपभोक्ता र स्वयं ब्यवसायीलाई जोखिम हुने गरी विक्री वितरणको कार्य रोक लगाईएको हो, दमक उद्योग बाणिज्य सघका अध्यक्ष गोकुल श्रेष्ठले भने ।
दमकमा कुनै सावधानी नअपनाइ खुलमखुल्ला शब्जि तथा फलफुल विक्री भएपछि अनुगमन समितिको कडा एक्सन, उठाएर लैजानेदेखि पसल बन्द गराउने अभियान
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Thursday, 30 April 2020
