श्रमिकहरु भोकभोकै हुँदा नेताहरुको सत्ता केन्द्रित लडाई
विष्णुुप्रसाद पोखरेल
दमक/ आज अन्तराष्ट्रिय श्रमिक दिवस । बन्दाबन्दीका कारणले गर्दा श्रमिकहरुको दैनिक जीवन भयाभह रहेको छ । श्रमिक र श्रमिक परिवार भोकभोकै रहनु पर्ने अवस्था छ ।
तर तिनै श्रमिक र मजदूरको साहरामा नेता बनेकाहरु अहिले सत्ताको दौडधुपमा रहेकाछन् । उनिहरुलाई मजदुरलाई हेर्न फुर्सद छैन ।
कोहि पनि भोकै मर्नु पर्दैन भनेर सरकारले भन्छ तर ति श्रमिकको घरमा के अवस्था छ ? कस्ले बुझेको छ र ? अब झनै श्रमिकहरुको अवस्था खस्कने देखिदैछ ।
धेरैको रोजगार गुमेको छ । यसले गर्दा अबका दिन झन कष्ठप्रद र संघर्षपुर्ण हुने देखिन्छ । वेरोजगारी समस्या बढ्ने अवस्था छ ।
एक बर्ष अघि सार्वजनिक गरिएको एक प्रतिवेदन अनुसार नेपालमा ४४ दशमलव ०७ प्रतिशत श्रमिकलाई रोजगार सम्झौता नगरी काममा लगाउने गरेको पाइएको छ । यो मजदुरको संगठनले नै सार्वजनिक गरेको प्रतिवेदन हो ।
श्रम ऐन, २०७४ ले श्रमिकलाई दैनिक ८ घण्टा र साप्ताहिक रुपमा ४८ घण्टा भन्दा बढी समय काममा लगाउन नपाउने व्यवस्था गरिएको छ । के यो प्रभावकारी रुपमा कार्यन्वयन भएको छ त ? अनुगमन छैन ।
श्रमिकको साहारा बन्ने समयमा कुर्सिका लागि लडाई गर्ने हाम्रा नेताबाट, हामीले जिताएका प्रतिनिधिबाट झनै प्रताडित हुने अवस्था सिर्जना छ ।
आफ्नो स्वार्थ केन्द्रित भुमरीमा राजनीतिक दलहरु क्रियाशिल रहेकाछन् । आखिर गरिब श्रमिकको भरोसा नै के छ र ?
अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो।
यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ।
विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ।
त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ। नेपालमा यो दिवस सधै दिवसमा नै सिमित बन्दै आएको छ ।
