ताप्लेजुङ सदरमुकाममा शुक्रबार राती भएको भिषण अगलागी नियण्त्रण (भिडियो)
दमक/ ताप्लेजुङ सदरमुकाममा शुक्रबार राती भएको भिषण अगलागीबाट सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएको छ ।
राती ट्याक्सि स्टेण्ड नजिकैबाट शुरु भएको आगलागि नियण्त्रणका लागि ४ घण्टाभन्दा बढि लागेको थियो । भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो ।
दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
विस्तृत विवरण आँउन बाँकी छ । २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए ।
ताप्लेजुङ फूङ्लिङ बजारमा भिषण आगलागी video-Subash Acharaya (facebook)
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Friday, 1 May 2020
भिडियो
