२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक ३ मा कोरोना संक्रमण देखिएपछि दमकमा उच्च शर्तकता र सावधानी अपनाईएको थियो । अन्यलाई पनि संक्रमण भएको हुनसक्ने भय रहेको थियो ।

सक्रमितको हिमचिममा आएकाहरुमा संक्रमण हुनसक्ने भएकाले उनिहरुलाई सेल्फ आइसुलेसन र केहिलाई दमक अस्पतालको आइसुलेसनमा राखिएको थियो ।

पहिलो पटक स्वाब परीक्षणमा सबै नेगेटिभ आएपछि दमकबासीलाई ठुलो राहत मिल्यो । नगरमा थपमा कोरोना संक्रमण नभएको पाएपछि त्रास पनि कम भयो ।

दमक नगरपालिका स्वास्थ्य शाखाले तीनदिन पछि पुन केहिको पुन स्वाब परीक्षण गर्ने निक्र्योल गर्यो । जो संक्रमितसंग नियमित रुपमा हिमचिम तथा सम्पर्कमा रहेका थिए । उनिहरुको स्वाबको नमुना फेरी लिएर जाँचका लागि पठाईयो ।

पुन जाँचमा पनि कसैमा पनि कोरोना संक्रमण नभएको पाईयो, दमक नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक बद्रि बरालले भने । अब भने राहतको महसुस भएको छ र ढुक्क भएको छ, उनले भनेकाछन् ।

वडा नं. ३ का वडाध्यक्ष नविन बरालले दूइपटकसम्म शंकाश्पदहरुको जाँच गर्दा पनि कोरोना पोजेटिभ नपाईएकाले अब आनन्दको श्वास फेरिएको छ ।

निक्कै तनाव रहेको थियो तर अब त्यो तनाव हटेको छ, उनले भने । उनले लकडाउनलाई पालना गर्दा सामाजिक दुरी कायम राख्न भने आग्रह गरेकाछन् ।