कमल थापा सुनसरी प्रहरी प्रमुखको जिम्मेवारीमा
प्रहरी कार्यालय दमकमा प्रहरी निरिक्षक हुँदा एक बर्ष प्रमुख भएर बसेका कमल थापा जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखको जिम्मेवारी पाएकाछन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको प्रहरी शाखामा कार्यरत एसपी कमल थापालाई सुनसरी प्रहरी प्रमुखको जिम्मेवारी तोकेर पठाउने प्रहरी प्रधान कार्यालयले निर्णय गरेको बताईन्छ ।
प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक एसपी हरुको काज सरुवा गरेको हो । यसैक्रममा उनि सुनसरी सवरुवा भउको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार कैलालीको प्रहरी प्रमुखमा मानवबेचबिखन अनुसन्धान ब्युरोका अनुपम शमशेर जवराको सरुवा भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एसपी गणेश चन्दले दाङ प्रहरी प्रमुखको जिम्मेवारी पाएकाछन्।
बर्दियाको प्रहरी प्रमुखमा एसपी केदार रजौरे, नवलपरासी ९पश्चिम०को प्रमुखमा अजय केसी, र बाग्लुङमा शारदाप्रसाद चौधरीलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
