दमक सहित झापा कोरोना संक्रमणको रेडजोनमा, लकडाउन थप कडा हुने
विष्णुप्रसाद पोखरेल
दमक/ लकडाउनलाई थप ब्यवस्थित गर्ने र जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने क्रममा झापा उच्च जोखिम क्षेत्रमा परेको छ । जिल्लामा लकडाउन कायम रहने अवस्था छ ।
भारतसंग सिमा जोडिएको र दूइजना कोरोना संक्रमणको पोजेटिभ विरामी भेटिएको झापालाई सरकारले रेडजोन घोषणा गर्ने तयारी गरेको छ । भारतसंग सिमा जोडिएका सबै जिल्लाहरु रेडजोनमा पर्नेछन् ।
प्रदेश १ को उदयपुरमा २८, झापामा दुई र भोजपुरमा एक जना गरी प्रदेशभरि ३१ जना संक्रमित फेला परेपछि १ नम्बर प्रदेश नै रेडजोनमा परेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले रणनीतिक रुपमा अति जोखिम, जोखिम र कम जोखिम क्षेत्र पहिचान गरेर सोहि अनुसार रेड, ग्रिन र एल्लो जोन छुट्याउन सकिने भनेको बताईन्छ ।
सिमितमात्रमा हिडडुल र पसल तथा सेवाहरु खुल्नेछन् । सामाजिक दुरी कायम राखेर किनमेल तथा अत्यआवश्यकीय सेवाहरु शुचारु हुनेछन् ।
अब सरकारले रेडजोन घोषणा गरेको जिल्लामा अस्पतालहरुलाई आपिडि सेवा पनि शुचारु गर्न भन्नेछ । इकमर्स, अत्यआवश्यक सामाग्रिहरु किनमेल खुला हुनेछ ।
डिपार्टमेन्टद स्टोरहरु पनि खुला हुन पाउनेछन् । बैक तथा बित्तिय संस्थाहरु पनि खुला रहने बताईएको छ । कृषि क्षेत्रमा कुनै पनि प्रकारको बन्देज हुनेछैन ।
विहान ७ बजेदेखि बेलुका ठ बजेसम्म सम्पूर्ण आवतजावत बन्द हुनेछ । मन्दिर, मस्जिद, चर्च र जमघट हुने धार्मिकस्थल बन्द रहनेछन् ।
होटल, सिनेमा, मल र रेष्टुरेन्टहरु बन्द नै हुनेछन् । अन्तरप्रदेश सडक सञ्जाल पनि बन्द हुनेछ । सार्वजनिक तथा नीजि सवारी साधनहरु सञ्चालन केहि खुकुलो ह्ुनेछ ।
