२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मानवीय साहयतामा झापा दमकका लायन्स क्लवहरु एकीकृत रुपमा काम गर्दै आएकाछन् । यसैक्रममा सोमबार एकसय ८ घर परिवारलाई राहत उपलब्ध गराएकाछन् । वडा कार्यालयसंग समन्वय गरेर विपन्न परिवारहरुलाई राहत वितरण भएको हो ।

लायन्स क्लब अफ दमक माउण्ट एभरेष्ट, लायन्स क्लब अफ इस्टर्न लाइन, लायन्स क्लब अफ दमक स्वीट सिटी, लायन्स क्लब अफ दमक सेबिका, लायन्स क्लब अफ दमक श्री अन्तु, लायन्स क्लब अफ लखनपुर र लायन्स क्लव अफ युनाइटेडले संयुक्त रुपमा दैनिक उपभोग्य खाद्यन्न उपलब्ध गराएकाहुन् ।

लायन्स क्लव अफ इन्टरनेसनल ३२५ ए वानका द्धितिय भाइस डिस्टिक गर्भनर रेवत कार्कीले सामुहिक प्रयासबाट भएको यो काम अनुकरणिय भएको बताए ।

उनले फुड बैक मार्फत देशभर नै यस किसिमको सहयोग पनि हुँदै आएको जनाए । कार्यक्रममा यस क्षेत्रका लायन्स लिडर तथा क्लव अध्यक्ष एवं पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

जहा आवस्यक्ता त्यहा लायन्स । दमकका लायन्सहरुको राहत बितरण ।

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Monday, 4 May 2020