नेवार जाती बाहेकलाई घर किनबेचमा प्रतिबन्ध
विष्णुप्रसाद पोखरेल
दमक/ पछिल्लो समयमा स्थानीय तहका कतिपय निर्णयहरुको बिषयमा निक्कै कडा आलोचना र बहस हुँदै आएको छ । स्थानीय तह तथा वडा कार्यालयहरुले गर्ने निर्णयहरु हास्यश्पद र लज्जाश्पद हुने गरेकाछन् ।
संविधानको मुख्य मर्म नबुझेका जनप्रतिनिधिहरुका कारण अहिले स्थानीय तहप्रति नै बितृष्ठा पैदा हुने अवस्था छ । विवादस्पद निर्णयका कारण जनप्रतिनिधिहरुबीच पनि आलोचितछन् ।
काभ्रेको पनौती नगरपालिका वडा नं. ७ ले एउटा विवादस्पद निर्णय गरेको छ । सार्वजनिक भएको विज्ञप्ति अनुसार यस वार्डमा अब नेवार बाहेक कसैले पनि घर किन्न पाउने छैनन् ।
वडाध्यक्ष रामचन्द्र नास्नानीले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ । उनले स्थानीय भद्रभलाद्मीसंग छलफल गरेर यो निर्णय लिईएको जनाएकाछन् ।
आज बसेको वार्ड कार्यालयको बैठकले यो निर्णय गरेको बिज्ञप्तिमा उल्लेखछ । सामाजिम सञ्जालहरुमा यसको तिब्र आलोचना र टिप्पणी भइरहेको छ ।
विज्ञप्तिको बिषयमा नगरपालिकाले ठोस धारणा सार्वजनिक गरेको छैन । सञ्चार माध्यमहले सोहि बिज्ञप्ति सहित महत्वका साथ समाचारहरु प्रकाशन गरिरहेकाछन् ।
