२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक । कोरोना भाइरसले अहिले सबैमा त्रास रहेको छ । यसबाट मृत्यु हुनेको सख्या दिनानुदिन बढ्दैछ । पछिल्लो आँकडा अनुसार मृत्यु हुनेको संख्या संसारभर दुई लाख ५८ हजार नाघेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीले सार्वजनिक गर्दे आएको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ५८ हजार ७ पुगेको छ ।

त्यस्तै, आजसम्म संसारभर ३७ लाख २४ हजार एक सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म १२ लाख ३९ हजार आठ सय ८३ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेको छन् ।